डा. केसीको उपचार गर्न खटियो चिकित्सकको टोली



काठमाडौं– इलाममा अशनरत डा। गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सात जना चिकित्सकको टोली खटाएको छ ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। बिकास शाहको नेतृत्वमा कार्डियोलोजिष्ट विभाग डा। प्रशान्त शाह, मेडिसिन इमर्जेन्सी डा। अजय यादव, एनएस थेसिस आईसियू हेर्ने डा। सविन भण्डारी, ल्याव टेक्निसियन दिपेन्द्र यादव र नर्स रचना सहतिको टोली इलाम पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा चिकित्सकहरुको टोली खटाएको मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्