अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्ध समयसँगै बलियो बन्दै गएको छ। यी दुवैले विवाह गरेको ११ वर्ष पूरा भएको छ।
मणिरत्मनको फिल्मको सेटमा अभिषेक र ऐश्वर्याबीच प्रेम भएको थियो। २००७ मा यो जोडी विवाह बन्धनमा बाँधिएको थियो। केही दिन अगाडि ऐश्वर्याले आफूहरुबीचको सम्बन्धका विषमा खुलेर कुरा गरेकी छन्।
उनले अभिषेकले कसरी प्रपोज गरेका थिए भन्ने कुरा पनि खुलाएकी छन्। फिल्मफेयरलाई दिएको एक अन्तर्वातामा ऐश्वर्याले आफ्नो माया प्रेमका विषयमा खुलाएकी हुन्। उनले अभिषेकले फिल्म ‘गुरु’ को शुटिङका क्रममा प्रपोज गरेको बताइन्।
‘उहाँले घुँडाले भूईँ टेकेर आफ्नो मनको कुरा भन्नु भएको थियो।’ गुरु फिल्म बक्स अफिसमा हिट सावित भएको थियो। फिल्म गुरुपछि ऐश्वर्याको फिल्म जोधा अकबर रिलीज भएको थियो।
फिल्मको शुटिङका क्रममा ऐश्वर्या, अभिषेकको प्रेममा पागल हुन्थिन्। ‘ख्वाजा मेरो ख्वाजा (जोधा अकबर) को गीतको शटिङ चलिरहेकोथियो। म बेहुलीको गेटअपमा थिएँ।
सेटमा म अभिषेकको मायामा हराए जस्तै भएकी थिएँ। म यो फिल्मको शुटिङ नभएर वास्तविकनै भएको हो भन्ने सोचिरहेकी थिएँ। मलाइ देखेर निर्देशक आशुतोष गोवारिकरले सोध्नु भयो कहिले तिमी इंजेभ भइसक्यौ ?,’ उनले भनिन्।
अभिषेक र ऐश्वर्या फेरि एक पटक फिल्ममा सँगै आउँदैछन्। यी दुवै जनाले अभियन गरेको फिल्म ‘गुलाब जामुन’ चाँडै रिलीज हुँदैछ। ठूलो पर्दामा यो जोडीलाई निकै मन पराइन्छ। यसअघि २०१० मा फिल्म रावनमा यो जोडी सँगै देखिएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।