मुख्य समाचार

गृहमन्त्रीको निर्देशन सप्तरीका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तिव्र पार्न

By थाहा अनलाइन

August 11, 2017

सैघाली खबर साउन २७, काठमाडौ ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवा स्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थाले पछि उद्धार कार्य तिव्र बनाउन् निर्देशन दिनु भएको छ । गृहमन्त्री शर्माले शुक्रबार बिहान ईटहरी सडक डिभिजनबाट २ वटा ठुला चेन डोजर त्यस तर्फ उद्धारका लागि पठाउन निर्देशन दिनु भएको हो । बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने अधिक संभावना भएकोले चेन डोजर मार्फत नदीलाई पुरानै धारमा फर्काउनका लागिएको छ । डिएसपी यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवानहरु उद्धार कार्यमा खटेका छन । बुधबार रातिदेखिको झरीका कारणले सो अवस्था सृजना भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालका अनुसार बाढीका कारण हाल सम्म एक जनाको मृत्यु भई सकेको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी कटवालले जिल्लाकै तिरहुत गाउँपालिका मैनाकडेरी र भेडीयामा पनि डुबानको समस्या आएपछि त्यहाँ उद्धार कार्य जारी रहेको जानकारी गराउनु भयो ।