‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’को भवन सिलन्यास मिति तय



खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका वडा नम्बर–८ बुवालुङ (दोबेला)मा ‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’को भवन सिलन्यास गर्ने कार्यक्रम तय भएको छ । हिजो माघ १ गते कोटेश्वरको एक होटलमा बसेको ‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’ तदर्थ समितिको बैठकले माघ १६ गते सहिद दिवसका दिन भवन सिलन्यास गर्ने कार्यक्रम तय गरेको हो ।

उक्त कार्यक्रम सब्य तथा भब्य रुपमा सफल बनाउनका लागि ‘सहिद ठुल कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान’ समितिले विभिन्न सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी प्रदान गरेको समितिका सचिव भलकाजी गुरुङले जानकारी दिएका छन् ।

समितिको बैठकमा प्रतिष्ठानको विधान लेखन देखि प्रतिष्ठानको दर्ता गर्ने सम्मको जिम्मेवारी सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । बिधान लेखन र जिल्ला प्रशासन कार्यालय खोटाङमा प्रतिष्ठान दर्ता गर्ने जिम्मेवारी जित कुमार राई र विवेक श्रेष्ठलाई दिइएको छ । त्यस्तै अन्य सदस्यहरुलाई विभिन्न खालका कार्यभारहरु दिइएको छ । लङ्क श्रेष्ठ र प्रेम बानियाँलाई अपिल लेखन तथा अतिथिहरुलाई चिट्ठी लेख्ने कार्य दिइएको छ ।

नवीन श्रेस्ठ, विवेक श्रेष्ठ, लङ्क श्रेष्ठ र त्रिभु नारायण श्रेष्ठले प्रमुख अतिथि ,अतिथि तथा आयोजकहरुलाई ब्याज खरिद तथा छनोट गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।

भवन सिलन्यासमा राजनीतिक प्रतिशोध ,राजनितीक बैरभाव तथा पुर्बाग्राही नगरी आफ्नो ठाउँको, आफ्नो गाउँ समृद्धि तथा प्रगतिका लागी सबैजना हातेमालो गरी अघी बढ्ने समितिको ठहर छ । विभिन्न पार्टीका पदाधीकारीहरु विना स्वार्थ सहिदको अमूल्य बलिदानलाई आत्मसाथ गर्दै एक जुट हुनु पर्ने समितिको निष्कर्श छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्