अनावश्यक पेट लाग्यो ? यस्ता छन पेट घटाउने घरेलु उपाय



पेट लागेर हैरान हुनुभएको छ ? पेट बढेर घटाउने उपायको खोजिमा हुनुहुन्छ अथवा बिभिन्न उपाय अपनाउदा पनि पेट नघटेर तनावमा हुनुहुन्छ भने यहा केही घरेलु टिप्सहरु प्रस्तुत गरेका छौ । जसलाई तपाइँले नियमित रुपमा अपनाउने हो भने केही हदसम्म पेट घटाउन सघाउ पुग्ने छ ।

– नियमित व्यायाम गर्नुस ।

– बिहान २ या ३ पोटी काँचो लसुन चपाउनुस र तातोपानीमा कागती हालेर पिउनुस । तपाईको बोसो घट्छ ।

– खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा धेरै र ४० वर्ष पार गरेपछि डाइटिसियनको सल्लाह अनुसार खाना खानु राम्रो हुन्छ । यद्यपी विहानको खाना धेरै खाँदा फरक पर्दैन ।

– मिठाई नखानुस र पानी धेरै पिउनुस ।

– शारीरिक परिश्रमका आधारमा खाना खानुहोस् ।

– पेटको रोग नभई पेट मात्र लागेको हो भने पेट घटाउन बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस हालेर पिउनुस् ।

– बिहान–बेलुका नै फलफुल र सागसब्जी खाने गर्नुस ।

– दिउँसो खाजामा फलफुल, बदाम, भुटेको मकै खाँदा लाभदायक हुन्छ । बदाममा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

– खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्