फिचर

तुलसीपुर उपमहानगरपालिकाले ग¥यो ७ कुरा छुट, के के हुन हर्नुहोस्

By थाहा अनलाइन

August 11, 2017

सैघाली खवर दाङ २७ साउन । तुलसीपुर उपमहानगरपालिकाको पहिलो नगर सभाले नागरिकको सेवा सुविधालाई ध्यानमा राखेर तुलसीपुर उपमहानगरपालिकाले विभिन्न करमा छुट गरेको छ । यसैगरी उपमहानगरको पहिलो नगर सभाले अपाङ्ग, बृद्धबृद्धाका लागि विभिन्न सेवा सुविधा पनि छुट गरेको छ ।

के के मा निशुल्क के के छन् छुट ?

१. महिलालाई घरबाटो सिफारिशमा २५ प्रतिशत छुट

२. अपाङ्गलाई औषद्यी उपचार र अपाङग परिचय पत्र सिफारिस निशुल्क गर्ने

३. चालु आर्थिक वर्षको असोज मसान्तसम्म दाखिला गरेमा २० प्रतिशत व्यवसायीक कर छुट तर समयमा नबुझाए भने फेरि २० प्रतिसत

जरिवाना

४. साविक नगरपालिका साझेदारी विकास कोष तथा गाउ विकास कोष अन्तरगत विगतमा बक्यौता ऋण लगानी रकम असुल गर्दा कुल व्याजमा २५ प्रतिशत छुट

५. उपमहानगरपालिकाकोे पहाडी क्षेत्रमा उद्योग व्यवसाय दर्ता तथा संचालन शुल्कमा ५० प्रतिशत छुट

६. दलित र महिलाहरुले दर्ता तथा संचालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिशत छुट

७. फरक क्षमता भएकाहरुले दर्ता तथा संचालन गर्ने उद्योग तथा व्यवसायमा ५० प्रतिशत छुट