उखु किसान मारमा, मिल मालिक चिनीको भाउ बढाउने तालमा ! (भिडियो सहित)



रबिन्द्र यादव/ नवलपरासी पश्चिम, नवलपरासी पश्चिम जिल्लाका मुख्य तिनवटा चिनी मिलहरू सिजनको दुई महिना वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा नअाएका कारण उखु किसानहरूको उखु खेत मै सुक्न थालेको छ । चिनी मिल मालिकको लापरवाही र सरकारले समय मै न्युनतम उखुको मूल्य निर्धारण नगरेको कारण किसानलाइ लाखाैंकाे क्षति व्याेहाेर्नु परेकाे छ । खेतमा उखु सुक्न थालेपछि किसानहरुले सस्तो मुल्यमा उखु, भेली उद्योगमा बेच्नु परेको सुस्ताका किसान नारायण प्रसाद पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार सरकार र मिलको यस्तै रवैया रहयो भने कतिपय किसान अात्मय हत्या गर्नु को साथै केही भने बाध्य भएर खेतीको अर्को विकल्प खोज्ने समेत बताए । नवलपरासी पश्चिमको लगभग डेढ लाख क्विन्टल किसानले सस्तो मुल्यमा भेली उद्योग लाई बेच्न बाध्य भएका छन् । सरकारले न्युनतम मूल्य निर्धारण गरेको अाधा महिना भएपनि चिनी मिल मालिकहरुले तोकिएको उक्त रेटमा उखु खरिद गर्न नसक्ने भन्दै अटेर गर्दै अाएका छन् ।

स्रोतका अनुसार चिनी मिल मालिकहरुले चिनीको मूल्य प्रति ७८.१० रुपैया सरकार माग गरेका छन् । सरकारले आर्थिक वर्ष २०७५-७६ का लागि उखुको न्यूनतम खरिद मूल्य तोकिएको छ। उखुको खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको हो। त्यसमध्ये ६५ रुपैयाँ २८ पैसा किसानले सरकारबाट सिधै अनुदान ( डिफर) पाउनेछन्। यहि पुस १६ गते मन्त्री परिषदको बैठकले उखुको मूल्य निर्धारण गरेको थियोे । गत वर्षकाे उखुकाे मुल्य भुक्तानी नदिएका उनीहरू यस वर्ष मिल कहिले सञ्चालन गर्ने भन्ने सन्दर्भमा न त प्रष्ट बाेलेका छन, न त क्रसिंग शुरू नै गरेका छन् ।

इन्दिरा चिनी मिल गङ्गापुरले गतवर्षकाे किसानकाे भुक्तानी दिएकाे छैन । माग्न गएका किसानलाई अाजभाेली भन्दै झुक्याउदै अाएकाे छ । यसका कर्मचारी उल्टै अभद्र व्यवहार गर्न पछाडि पर्दैनन । बुधबार उखु किसानहरुको समस्या र समाधान विषयकमा सर्वपक्षीय छलफल कार्यक्रम त्रिभुवन क्याम्पस बेलाटारीमा भएको थियोे । उक्त छलफल कार्यक्रममा किसानहर, चिनी मिल मालिक, जनप्रतिनिधि र संचारकर्मीहरुको प्रत्यक्ष उपस्थितिमा भएको थियोे सो कार्यक्रममा सरकारले ताेकेकाे यस क्रसिंग सिजनकाे लागि उखुकाे मुल्य प्रति रूष्ट रहेका कुडियाका मालिक राम थापाले सरकारले चिनीको मुल्य नतोक्ने र उखुको मुल्य मात्र तोकेर मिल संचालनमा ढिलाइ भएकाे प्रतिक्रिया दिए ।

यद्दपि उनले मिल चाडै शुरू हुने बताएपनि शुरू हुने मिति भने बताएनन् । उक्त कार्यक्रम उखु कृषक उत्यपादक समितिका अध्यक्ष उमेचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद देवकरण कलवार (सन्तु), मुकुल अचार्य, कादिर अलि अन्सारी, हेमेन्द्र कुमार पंजियार (मनोज) लगायतको उपस्थिति थियोे । जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् । सो खेतीबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने गरेको समितिले जनाएको छ ।

स–साना किसानहरु घर व्यवहार मिलाउन बाध्य भई स–साना उखु क्रसर तथा बिचौलियाहरुलाई ३५० देखि ४०० रुपिया प्रति क्वीन्टल सस्तोमा उखु विक्री गरिरहेका छन् । जिल्लामा ईन्दिरा सुगर मिल गंगापुर , बागमति खाडसारी चिनी मिल कुडिया र लुम्बिनी चिनी मिल सुनवल गरि ३ वटा ठुला चिनी उद्योग र ५० भन्दा बढि स–साना उखु क्रसरहरु संचालनमा छन् । यि ठुलो मिलहरु किसानहरुको बक्यौता रकम ५ करोड रुपैया अझै भुक्तानी दिएका छैनन अर्काे तर्फ समयमै मिल नचलाएर किसानहरुलाई सस्तो उखु खसाल्न बाध्य बनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्