स्वास्थ्य

के हो सधै यौन उत्तेजनामा रहने रोग, यस्तो हुन्छ लक्षण

By थाहा अनलाइन

August 11, 2017

२३ वर्षीया अमियाडा मिकलाकलिन सधै स्वयमलाई यौन उत्तेजना महशुस गर्छिन् । २०१३ मा थाहा भयो कि उनी पर्सिस्टेन्ट जेनिटल अराउजल डिसअर्डर (पीजीएडी) नामको रोगबाट पीडित छिन् । कयौ वर्षसम्म अमियाडा र उनकी आमाले बुझ्न सकेनन् कि यो आखिर हो के । कुनै पनि व्यक्तिका लागि सधैं यौन उत्तेजनाबाट ग्रसित हुनु सहज हुँदैन । अमियाडाले बीबीसी थ्रीमा भनिन्–१३–१४ वर्षको उमेरमै उनी यौन उत्तेजनाबाट ग्रसित हुन थालेकी थिइन् । यो कुनै विशेष क्षणमा होइन, बरु लगातार हावी रहन्थ्यो । सबै यस्तो लाग्थ्यो कि मलाई सेक्स आवश्यक छ । मलाई अर्गेज्म चाहियो । १८ वर्षको उमरसम्म त म स्वयमलाई यो विषयमा असामान्य टीनएजर पाउन थालेँ ।

अमियाडाकी आमा भिक्टोरिाय भन्छिन्–मलाई पहिलोपटक त्यतिबेला थाहा भयो जब उनी सेक्सुअली सक्रिय भइन् । उनी सेक्सका विषयमा केही बढी नै उत्सुक रहथिइन् । अमियाडाले भनिन्–मानिसहरुलाई लाग्थ्यो कि म यौन लतको शिकार भएकी छु । हरेक दिन मेरा लागि स्वयमसँग जुझ्नुजस्तै हुन्थ्यो । सकै कुरा अनौठो लाग्थ्यो । म सामाजिक सञ्जालबाट टाढा रहन्थे र केही पनि गर्न मन लाग्दैन थियो । आजको मितिमा अमियाडालाई उनका हुनेवाला श्रीमान जो जो यसबाट मुक्त गर्न सहयोग गरिरहेका छन् । उनीहरु दुई जनाको एक वर्षअघि भेट भएको थियो । अहिले पनि साथै छन् । अमियाडाले आफूलाई जो जोबाट निकै सहयोग पाएको बताइन् । उनले भनिन्–जो जो मेरा बारेमा कुनै टिप्पणी गर्दैनन् ।

यता जो जोले भने–म अमियाडालाई कयौ स्तरमा सहयोग गर्छु । चाहे अस्पताल जान होस् वा इन्जेक्सन लगाउन होस, म सबै साथमा रहन्छु । उनलाई जे चाहिन्छ म सहयोगका लागि तयार रहन्छु । मिशिगन युनिभर्सिटीका प्रोफेसर प्रियंका गुप्ता अमियाडाको उपचार गरिरहेकी छन् । उनी ३० अलगअलग तरिकाबाट उपचार गरिरहेकी छन् ताकि हालतमा सुधार आओस् ।

डाक्टर प्रियंकाले बीबीसी थ्रीसँग भनिन् कि कारण के हुन सक्छ यसका बारेमा केही पनि ठिकठिकसँग भन्न सकिन्न । डाक्टर प्रियंकाले अमियाडालाई कयौ प्रकारको थेरापी दिइरहेको बताइन् ।

पीजीएडीका बारेमा भनिन्छ कि यसको फैलावको कुनै सीमा हुँदैन । यो समस्याका कारण न केवल तनाव र समस्याका सामना गर्नुपर्छ, सुरुमै यसलाई बुझ्न सजिलो छैन । कयौपटक यसका कारण मानिसहरुसामु लज्जाबोधको शिकार हुनुपर्दछ । यो गडबडीबाट पीडितहरुको कुनै उमेर समूह हुँदैन । यसले वृद्ध वा जवान सबैमा हुन सक्र्दछ । लक्षण –यौन उत्तेजनाको अवधि निकै लामो समयसम्म हुनसक्दछ । यो घन्टौ, हप्तौ र महिनौसम्म पनि हुनसक्दछ । –यौन उत्तेजना एक वा दुईपटकको सेक्सबाट पनि पूर्णरुपमा अन्त्य हुँदैन । –यसमा यौन उत्तेजना विल्कुलै अनियन्त्रित, चाहनाविपरीत र अनुचित हुन्छ । ––पीजीएडीबाट केवल यौन गतिविधिहरुलाई बढावा मात्र मिल्दैन, त्योभन्दा अलग्गै उत्तेजनाको अनुभूति पनि हुन्छ । –यसबाट पीडित मानिसहरु निकै तनाव महशुस गर्दछन् । –यसबाट मानिस तनावग्रस्त हुन्छ र यो यति बढ्छ कि व्यक्तिले आत्महत्याको हदसम्म पुग्न सक्छ । एजेन्सी