तयार भयो २०७६ सालको पात्रो ! दशैँ, तिहार कहिले ?



पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ ।

पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्