बुटवल– काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी घोषणा गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । बिहीबार रुपन्देहीका तथा छिमेकी जिल्लाबाट आएका काँग्रेसका कार्यकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका हुन् ।
बुटवलको चौराहाबाट र्याली निकालेका उनीहरुले ट्रफ्रिकचोक पुगेर कोणसभा गरेका छन् ।
प्रदेशसभाबाट राजधानी घोषणा गर्न ढिलाई भएको भन्दै खबरदारी स्वरुप प्रदर्शन र सभा गरेको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
गतवर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्कसहित काँग्रेस रुपन्देहीले दवावमूलक कार्यक्रम थालेको हो ।
देउवाले राजधानी तोक्नुभएको एकवर्ष पुरा भएको छ । रुपन्देही काँग्रेसको दवावमूलक कार्यक्रमसँगै आजै साँझ राजधानी ताकिएको एक वर्ष पुगेको अवसरमा दिपावली गर्ने नेपाली कार्यक्रम रहेको काग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।
काँग्रेसले बुटवलको ट्राफिक चोकमा गरेको सभामा काँग्रेस नेताहरु बालकृष्ण खाँण, पुष्पा भुसाल, चन्द्र भण्डारी, मानबहादुर विकलगायतले सम्बोधन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।