म्याग्दिका ४ कराँते खेलाडि पुरस्कृत



म्याग्दी, २७ साउन । म्याग्दीका चार कराँते खेलाडी बंगलादेशमा च्याम्पियन बन्दै कराँतेमा स्वर्ण पदक जितेका छन् ।

सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् ।

“निकै उत्साहित छौँ, हामीले गरेको अभ्यासबाट पनि विदेशी भूमिमा उपाधि जित्न सकिने रहेछ”, चन्द्र बुढाले बंगलादेशबाट राससलाई भन्नुभयो । उहाँले नयाँ किसिमको कराँते खेल भए पनि आफूहरुले सिकेका आधारमा खेलेको बताउनुभयो ।

म्याग्दीमा विद्यालयमा प्रशिक्षणसहित अभ्यास गरेरसमेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधि जितेका बुढाले विदेशमा खेलेको सीपलाई व्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताउनुभएको छ ।

प्रतियोगितामा सहभागी हुन पुगेका बूढाले ६७ केजी, गौरव घर्तीले ६०, प्रज्वल शेरचनले ५० र मार्सल गर्बुजाले ३५ केजी तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । “सार्कस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ”, बुढाले भन्नुभयो ।

गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित बुढाले विदेशी खेलाडीसँग खेल्नेक्रममा सिकेको सीपलाई आफूले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताउनुभयो ।

“खेलमा सहभागी चारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठूलो उपलब्धिका रुपमा लिएको छु”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्