अमेरिकी राष्ट्रपति ट्रम्पले राजीनामा दिएपछि…



अमेरिकामा बुधबार बिहान हंगामा मच्चियो । त्यहाँको चर्चित पत्रिका वाशिङटन पोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको समाचार मुख्य पृष्ठमा छापिएको थियो ।

अखबार बजारमा आएसँगै अमेरिकाभरी हंगामा मच्चियो । सामाजिक संजालमा यो खबर फोटोको साथमा निकै तीव्र रुपमा फैलियो ।

अमेरिकी नागरिकले यो खबर निकै भाइरल भइसकेपछि मात्र वास्तविकता थाहा पाए । वास्तवमा वाशिङटन पोस्टले यस्तो कुनै समाचार लेखेकै थिएन । तर, कसैले वाशिङटन पोस्टकै साइज र डिजाइनमा दुरुस्तै वाशिङटन पोस्ट नक्कली बनाएर छापेको थियो र त्यही नक्कली अखबार शहरभरी वितरण गरिएको थियो ।

खबर भाइरल भएपछि वाशिङटन पोस्टले ट्वीटरमार्फत बजारमा बाँडिएको अखबार आफ्नो नभएको बतायो । ट्वीटरमा गदत खबर फैलाउन वाशिङटन पोस्टको नक्कली प्रति छापेर बाँडिएको उल्लेख थियो ।

नक्कली अखबार हेर्दा दुरुस्तै वाशिङटन पोस्टजस्तै थियो । डिजाइन र साइज पनि दुरुस्तै बनाइएको थियो । यसको मुख्य पृष्ठको मुख्य समाचार ६ कोलमको थियो ।

जहाँ ट्रम्पको शीर झुकाएको फोटो समेत थियो । समाचारमा ट्रम्पको शासन अन्त्य भएसँगै संसारभर खुसीको माहोल भएको लेखिएको थियो । यतिसम्म कि अखबारका नक्कली प्रति ह्वाइटहाउस आसपास पनि निःशुल्क बाँडिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्