बिष्णुकुमार देवकोटा
दाङ।
जिल्ला कारागार दाङमा छमता भन्दा चार गुण दोब्बर कैदि तथा बन्दिहरु राखिएको छ ।
आज मानव अधिकार तथा शान्तिसमाज सहितको पत्रकार सम्मिलित टोलिले घोराही कारागारको अनुगमन गर्दा ५० जना छमताको कारागारमा २ सय ७४ जना कैदिबन्दि हुलिएको अनुगमनका क्रममा कारागारका सूचना अधिकारी योगेन्द्र रीजालले जानकारी दिनुभयो ।
बि।सं २०५८ सालमा स्थापना गरीएको दाङ जिल्लाको सदरमूकाम घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कारागारमा दुईवटा ब्लकहरु रहेका छन् ।
पुरुष कैदिबन्दिलाई मात्र राख्नेगरी व्यवस्था मिलाईएको जानकार दिंदै
सुचना अधिकारी रीजालले सजाय तोकिएका १६६ बन्दि र पुर्पक्षका लागि १०८ गरी जम्मा २७४ जना बन्दिहरु रहेका छन् ।
कैदि बन्दिहरु लाई ब्लक “ए” र ब्लक “बि” गरी जम्मा दुई ब्लकहरु मा कैदि तथा बन्दिहरुलाई राखिएको छ ।
बन्दिहरुको चाप अत्यधिक रहेका कारण भान्साका लागि छुट्याईएको क्षेत्रमा समेत कोचाकोच गरी सुत्नेगरेको अनुगमनका क्रममा देखिएको थियो । कैदि बन्दिहरुलाई आय आर्जनका लागि गलैचा बुन्ने, मुढा बुन्ने, ढाँका बुन्ने , अर्डर अनुसार फर्निचर निर्माण गर्नै व्यवस्था मिलाईएको सुचना अधिकारी योगेन्द्र रीजालले जानकारी दिनुभयो
कैदिहरुलाई डिप बोरीङ्ग बाट खानेपानी आपुर्तिको व्यवस्था मिलाईएको भएतापनि पर्याप्त सौचालयको अभाव भने देखिएको छ । सौचालयका लागि पालो कुर्नुपर्ने अवस्था रहेको कैदिहरुको गुनासो रहेको छ ।
कैदिबन्दिहरुको स्वास्थ्यको ख्याल राख्दै चौबिसै घण्टा स्वास्थ्य सहायकको व्यवस्था गरीएको भन्दै सूचना अधिकारी रीजाले जटिल समस्या देखिएका राप्ति स्वास्थ्ष्य बिज्ञान प्रतिष्ठान लगाएत अन्य अस्पतालहरुमा लैजाने व्यवस्था मिलाईएको रीजालले बताउनुभया
कारागारभित्र जम्मा ६ वटा सौचालयको व्यवस्था मिलाईएको छ ।
कैदिबन्दिहरुको अध्ययनका लागि नाममात्रको पुस्तकालय राखिएको छ । एउटा कोठामा ४० जना सम्म बन्दिहरु कोचाकोच गरी सुत्नुपर्ने व्यवस्था मिलाईएको छ ।
मनोरंजनका लागि टिभी, चेस, लुडो, ब्याडमिन्टन, प्रत्येक मंगलबार भजनको व्यवस्था मिलाईएको छ ।
पर्याप्त खेलकूद तथा खूला क्षेत्रको अभावमा घोराहीको कारागार साँच्च्किै अमेरीकि कुख्यात “ग्वान्तानामो” जेल जस्तै देखिएको छ ।
कैदिबन्दि द्धारा खेलकूद सामग्रिको मागः
कारागारमा पर्याप्त खेलकूद का सामग्रिहरुको अभाव परिपुर्तिगर्न अनुगमन टोली समक्ष कैदिबन्दिहरुले खेलकूदका सामग्रिहरुको माग गरेका छन् । नाम उल्लेख नगर्न अनुरोध गर्दै सह नाईके कैदिले चेस, लुडो, ब्याडमिन्टन, भलिबल, फूटबल उपलब्ध गराउन टोली संग माग गर्नुभएको थियो ।
यसैविच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले प्रमुख जिल्ल अधिकारी गोविन्द रीजाल मार्फत १६औं पटक अनसनरत डा।गोविन्द केसी संग यस अघि गरीएका सम्झौताहरु अक्षरसः पालना गर्न प्रधानमन्त्रि के।पि। शर्मा वलि लाई ज्ञापन पत्र बुझाएको छ ।
“संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति बाट सहमति बिपरित चिकित्सा शिक्षा बिद्येयेक पारीत गरीनु दुर्भाग्य पुर्ण रहेको ज्ञापन पत्रमा उल्ल्ख गरिएको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।