कपुरकोटमा ६० प्रतिशत सडक निर्माणको काम सकियो



सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले सडक निर्माण ६० प्रतिशत काम पुरा गरेको छ ।आर्थिक वर्षको हाल १० महिना ६० प्रतिशत काम पुरा गरेको हो ।स्थानिय स्तरमा ४९ वटा सडक विस्तारका काम संचालन भैरहेको गाउँपालिकाले जनाएको छ ।बिकास निर्माणको काममा कुनै पनि अनियमितता हुन नदिने भन्दै गाउँपालिकाले स्टिमेण्ट अनुसार काम नभएको पाइए रकम भुक्तानी नहुने जनाएको छ ।

यसैविच गाउँपालिकाले वडा नं.३ पाखाँ पानी धैरेनी मोटरबाटो र वडा नम्बर ४ मा रहेको धारखोला रातामाटा जोड्ने सडकको  अनुगमन गरेको हो । यी दुबै मोटरबाटो पाँच पाँच लाख रुपैया अनुदानमा निर्माण गरिएको उपाध्यक्ष तिला बुढा मगरले जानकारीदिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्