रोल्पामा सम्बन्ध बिच्छेद गर्नै सख्यांमा बृद्धि



सैघाली खबर,
रोल्पा, २७ साउन –। रोल्पामा सानै उमेरमा विवाह गरी सम्बन्ध बिच्छेद गर्नेको संख्या बढेको पाइएको छ । रोल्पा जिल्ला अदालतबाट गत आर्थिक वर्षमा मात्रै १ सय ५२ जोडीले सम्बन्ध बिच्छेद गरेका छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा तीन सय २३ वटा मुद्दा परेकोमा दुईसय सय ११ वटा फर्छ्यौट भएका थिए ।
त्यस मध्ये सबै भन्दाबढी १ सय ५२ वटा मुद्दा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ । सम्बन्ध बिच्छेद गर्नेहरुमा धेरै जसो सानै उमेरमा अभिभावकको सल्लाहबिना आफै विवाह गर्नु, वैदेशिक रोजगार, आर्थिक स्थिती कमजोर हुनु मुख्य कारण देखिएको जिल्ला न्यायधीश कमलप्रसाद ज्ञवालीले बताउनुभयो ।
कानुनमा अंश पाउने व्यवस्था भएता पनि रोल्पामा सम्बन्ध बिच्छेद गर्ने महिलाहरुले श्रीमानबाट अंश नलिने गरेको अदालतले बताएको छ । मुद्दा लम्बिने र झन्झटिलो प्रक्रियाका कारण महिलाहरुले अंश बिना सम्बन्ध विच्छेद गर्ने गरेको बताएका छन् । अदालतको तथ्याङ्क अनुसार गत आवमा सम्बन्ध विच्छेद गरेका १ सय ५२ महिला मध्ये २९ जनाले मात्र अंश लिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्