माबि वनगाउँको भौतिक सुधारका लागि महायज्ञ



दाङ । माबि सेवार वनगाउँ विद्यालयको भौतिक सुधारका लागि घोराहीमा महायज्ञ सुरु गरिएको छ । बिद्यालयको आयोजनामा श्रीमद्भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव सुरु भएको हो । बिहिवार महायज्ञको प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै डाँगीले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञले भूमिका खेल्ने बताउनुभयो । आर्थिक अभावका कारण विद्यालयको चौतर्फी विकास हुन नसकेको बताउँदै विद्यालयको विकासका लागि महायद्दले भुमिका खेल्ने वताउँनुभयो ।

 

नेपालका ठुला ठुला विकासका काम पनि महायज्ञवाट भएको भन्दै उहाँले सामुदायिक विद्यालयको विकासको लागि पनि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालय सुधारक लागि समुदायले नै प्रयास गर्नुपर्ने बताउनुभयो । महोत्सव मुल आयोजक समितिकी संयोजक विमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अशिक्षाले मुलुकलाई गरिबी तिर धकेल्ने बताउनुभयो । कार्यक्रमको संचालन पत्रकार महासंघका उपाध्यक्ष लिला शाह तथा कोषाध्यक्ष आरके शितलले गर्नुभएको थियो ।

महायज्ञ उद्घाटनका दिन विभिन्न व्यक्तिहरुले दानको घोषणा गरेका छन् । जसमा संयोजक योगीले एक लाख १० हजार पाँच सय पाँच, निर्देशक डा. अर्जुन बुढाथोकीले एक लाख ११ हजार एक सय ११, आर्थिक संयोजक भुपाल गिरीले ३१ हजार एक सय १५, प्रअ वाल्मि केसीले ३१ हजार एक सय १५, बिष्णु प्रसाद भारतीले २५ हजार पाँच सय ५५, साजिदा सिद्धिकीले २५ हजार पाँच सय २५, रुपैँया दान गर्नुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्