मनु मगर,
घोराही, २७ साउन-
दाङमा जारी फोटो सहितको मतदाता नामावलीमा थप ३२ हजारको नाम दर्ता भएको छ । साउन महिनाको १ गते देखी जारी नामावली संकलनमा २६ दिनमा ३२ हजार ७० जनाको नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
नामावली दर्तामा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । १७ हजार २ सय महिलाको संख्या रहेको छ भने १४ हजार ८ सय पुरुषको नाम दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय सहित १० स्थानबाट अहिले नामावली संकलनको काम भैरहेको छ ।
घोराही उपमहानगरको निर्वाचन कार्यालयबाट र अन्य स्थानिय तहको पालिका केन्द्रबाट नामावली संकलन भैरहेको कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभएको छ । नामावली दर्ता गर्नेहरुको सबै स्थानमा अत्यधिक भिड रहेको छ ।
गएको फागुन १९ गते सम्म जिल्लामा २ लाख ९१ हजार १ सय ७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । स्थानिय तह निर्वाचन पछि अब हुने प्रदेश र संघको चुनाबका लागि निर्वाचन आयोगले नामावली संकलन गर्ने भन्दै साउन महिनाभरीको समय तोकेको हो ।।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।