बार्सिलोना स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा लेभान्तेसँग २–१ गोल अन्तरले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा घरेलु मैदान नाउ क्याम्पमा तीन गोल गर्न सफल भयो।
र, समग्रमा ४–२ गोलको जितसँगै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो। बिहीबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर डेम्बेलेले दुई मिनेटको फरकमा दुई गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।
उनले ३०औं र ३१औं मिनेटमा गोल गरेका थिए । मेसीले ५४ औं मिनेटमा तेस्रो गोल गरे । त्यस्तै बिहीबार राति नै भएको अर्को खेलमा स्पानियोलले भिल्लारियललाई ३–१ ले हराउँदा रियाल बेटिस र रियाल सोसिडाडले २–२ को बराबरी खेले।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।