घरमा छापामारी गाँजा भाङ खोज्न प्रहरीलाई आग्रह



गोविन्द खड्का ,
घोराही ।
केहि घरमा गाँजा भाङ लगाएत लागु औषध विक्रि वितरण गरेको आशंका रहेकाले छापामारी खानतलास गर्न घोराही १८ गिठेपानी क्षेत्रका टोलहरुले वुधवार प्रहरीलाई लिखित आग्रह गरेका छन् ।

गिठेपानी, मिलिजुली, दिदि वहिनी, खरकटि, गाउँवेसी र जलुकेटोलका प्रमुख तथा प्रतिनिधि उपस्थित रहेको बैठकले टोलविकास संस्थाका छाप सहित पठाएको छ ।

त्यस क्षेत्रका टोलहरुको संयुक्त बैठकले मंगलवार राति पिपल खालीका पसलहरुमा ढुंगा मुडा गर्नेलाई कडा कार्वाहि गर्न, पिपल खालीमा प्रहरी विट स्थापना गर्न र गाँजा भाङ नियन्त्रण गर्न तिन बुँदे निर्णय सहित प्रहरीलाई आग्रह गरेका छन् । आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

केहि व्यक्तिहरुले पीपल खाली क्षेत्रका पसलहरुमा ढुंगा हानेर तोडफोडको प्रयास गरेका थिए । गिठेपानी टोलविकास संस्थाका अध्यक्ष नमबहादुर खत्रि आफ्नो पसलमा रखाले बसेको बेला ति व्यक्तिहरुले गालीगलैच तथा अपशब्द बोल्दै सर्टरमा ढुंगा हानेको बताउनुभयो ।
त्यसलगतै प्रहरीलाई खबरगरी घटना स्थलमा बोलाईएको थियो ।

प्रहरी जाँदा भागेका युवाहरुलाई स्थानियले पिछागरी प्रहरीलाई सघाएका थिए । घरमा लुकि छिपी वसेका स्थानिय निशान रोका मगरलाई लामो प्रयास पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । रातको समयमा नशालु पदार्थ सेवन गरी हुल दंगा गर्ने, अरुलाई धम्काउने, अपशब्द बोल्नेहरु भागेका थिए ।

अनावश्यक हो हल्लालाई प्रश्रय नदिने भन्दै वुधवार बिहानै टोलवासीहरु स्वस्फुर्तरुपमा जुटेका थिए । बौद्धिक व्यक्तित्व एवं स्थानिय मित्रबहादुर घर्तिका अनुसार हरेक घर बदमासीका विरुद्ध प्रतिकार गर्न तयार छन् । सके आफैले नसकिए प्रहरी गुहारेर पनि बदमासीलाई निश्तेज पार्छन् ।

बाहिर हल्ला गरीए जस्तो भयाउने गिठेपानीक्षेत्र नभएको रमेश थापाले बताउनुभयो । उहाँका अनुसार एक दुईजनाले गन्ध फैलाएकोले तिनलाई ठिक पार्न सबै एकजुट हुनुपर्छ ।

जसलाई परेपनि आफुलाई आईलागेको समिझन दिदि बहिनी टोलविकास संस्थाका अध्यक्ष घनबहादुर रावतको आग्रह थियो । उहाँकाअनुसार उसलाई परेको छ हामिलाई के मतलव भन्नेहरुलाई झन् चाँडो समस्या आईलाग्न सक्छ ।

त्यसतो बेलामा नसुन्या, नदेख्या जस्तो व्यवहार नगर्न उहाँको सुझाव थियोे ।

सातै टोल एक हुनुपर्ने मिलीजुली टोलविकास संस्थाका अध्यक्ष मातृका पाण्डेयको भनाई थियो । गुण्डा गर्र्दी गर्ने, डर धम्किदिने, नसालु पदार्थ सेवन गरेर समाजमा उपद्रो मच्चाउने कसैलाई पनि सैईय नहुने भुपु सैनिक खानेपानी समितिका अध्यक्ष डम्बर ओलिले बताउनुभयो ।

आफ्ना छोरा छोरीलाई सहि बाटोमा लगाउन र बदमासी गर्न बाट रोक्न खरकटि टोलविकास संस्थाका सचिव दिनेश वलीलले अभिवावकलाई आग्रह गर्नुभयो ।

आफ्नो मातहतमा नहुने, भन्या नमान्ने छोरा छोरीलाई तह लगाउन समाजलाई साथ दिनुपर्ने ओलीको भनाई थियो । उदण्ड र उछि«खल र आपराधिक कृयाकलाप गर्ने व्यक्ति कसैको पनि आफन्त नहुने जसलाई पनि असर गर्ने सक्ने वलीको भनाई थियो ।

जलुकेका अध्यक्ष जेवी सुनार, गाउँवेशीका मनप्रसाद श्रेष्ठ, गिठेपानी टोलविकास संस्थाका सचिव तुलसीराम बुढा कालिका सामुदायीक वन उपभाक्तो समितिका अध्यक्ष सम्झना घर्ति लगाएत उपस्थिति व्यक्ति र टोलहरुले सहिछाप गरेका छन् । उचित कार्वाहि गर्न त्यतिले नपुगे थप दवावमुलक कार्यक्रम गर्ने टोलहरुले बताएका छन् ।

फरार सुचिमा रहेका व्यक्तिले उदण्ड, उपद्रव मच्चाउँदा पनि पुलीसले नचिनेको जस्तो व्यवहार गर्न नहुने बताएका छन् । कडा कार्वाहि गर्न आग्रह गरेका छन् ।

बैठकको निर्णय सति टोलि वडा प्रहरीकार्यालय घोराही पुगेको थियो । त्यहाँ पुगेर कडा कार्वाहिको माग गरेको छ । सो समुहलाई जिल्ला प्रहरीकालार्यालय पठाईदिएको वडा प्रहरी प्रमुख श्याम शर्माले जानकारी दिनुभयो । अरु मुद्धाको फरार अभियुक्त भए त्यसै अनुसार कार्वाहि चलाईने उहाँको भनाई थियो ।

łकार्वाहि गर्नुपर्छ भनेर निर्णय लिएर आउनु भाथ्यो उहाँले थप्नुभयो, łपक्राउ भाको हुनाले जो आरोप लगाउनु भाको छ त्यो सबै छानविन हुन्छ ।अपुष्ट रुपमा आएको भनिएका गाँजा भाङ हुन सक्ने आशंका गरिएका घरको गोप्य सुचना दिन प्रमुख शर्माले आग्रह गर्नुभयो ।

प्रमुख शर्माका अनुसार सबै कागजात सहित नियन्त्रणमा रहेको निशान रोकालार्ई जिल्ला प्रहरीकार्यालयमा पठाईएको छ । आवश्यक कार्वाहि उतैबाट हुन्छ । समुहमा रहेका अन्य फरार व्यक्ति खोजीगरीने शर्माले जानकारी दिनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्