घोराहीको विकासका लागि गुरुयोजना बन्ने



सैघाली खवर
दाङ २७ साउन । व्यवस्थित योजना र दीर्घकालीन सोच विना विकासका काम गर्दा यसले मानवीय र भौतिक क्षेत्र अस्तव्यस्त भइरहेको वहस चलिरहेका वेला घोराही उपमहानगरपालिकाले भने उपमहानगरको समग्र विकासको योजना वनाएर मात्र विकासको काम थाल्ने भएको छ ।

शुक्रवार उपमहानगरको कार्यालयमा पत्रकारसँग छलफल गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले तत्काल सवै विकास गर्न नसकिए पनि घोराहीको पछिसम्मको चित्र मानिसको दिल दिमागमा वसाल्न पनि गुरुयोजना बनाउन लागेको वताउनुभयो ।

उहाँले नगरवासीको सोच र नगरको स्रोतको समुचित प्रयोग गर्दै विकास अगाडि बढाउन आफू लाग्ने भन्दै दिगो विकासका लागि उपमहानगर कटिबद्ध रहेको पनि जानकारी दिनुभयो ।

कृषि क्षेत्र, वस्ति क्षेत्र, औद्योगिक क्षेत्र र वन क्षेत्र जस्ता धेरै क्षेत्रहरु कुन हो ? भन्ने पनि थाहा नहुने गरि जथाभावी वस्ति विकास र भौतिक विकास हुँदा सहर र गाउँ कुरुपहुँदै गएको चर्चा गर्दै उहाँले सर्वप्रथम मानवीय विकासमा जोड दिने धारणा राख्नुभयो । ‘चेतनाको विकास भए मात्र वनेका भौतिक र मानवीय संरचना दीगो हुन्छन् नत्र भएका पनि गुम्छन उहाँले भन्नुभयो, ‘पहिले वौद्धिक मन्थन गरेर चेतनाको विकास गराँै र सँगसँगै भौतिक विकासमा पनि लागाँै ।’

उहाँले भएको संरचनाको पुर्ननिर्माण र नयाँ संरचना सँगसँगै विकास गर्ने वताउँदै ठूला सपना देख्नु भन्दा भएका स्रोतको सदुपयोग र परिचालन गर्दै आफू अगाडि बढने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले यहि भदौ १ गते प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलनका क्रममा आज पत्रकारसँग छलफल गरिएको थियो । सो अवसरमा बोल्दै उहाँले सवै क्षेत्रले टुक्रे र निर्वाहमुखी योजना माग गर्नु भन्दा दिर्घकालिन समस्या समाधानका विषयमा योजना र सोच ल्याएर उपमहानगर र उपमहानगरवासीको दीर्घकालिन समस्या समाधानमा सहयोग गरिदिनु उहाँले बुद्धिजीवि, पत्रकार, नागरिक समाज, उद्योगी व्यापारी, शिक्षक, राजनीतिक दल सवैमा आग्रह गर्नुभएको छ ।

सो अवसरमा रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेजर दघिराम सुवेदी, पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा, पत्रकार महासंघका पूर्वअध्यक्ष प्रताप रेग्मी, पत्रकार महासंघका सचिव भूपेन्द्रप्रकाश ओली, पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, पहिलो पेज अनलाईनका सम्पादक उदय जिएम लगाएतले उपमहानगरको विकास, सञ्चारको विकास लगाएतका विषयमा सुझाव दिनुभएको थियो ।
उपप्रमुख सिता न्यौपानको स्वगत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन उपमहानरका अधिकृत वालकृष्ण खनालले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्