दाङमा मध्यपश्चिमकै पहिलो डिजिटल हाइ क्यालेटी चलचित्र हलको स्थापना भएको छ । काठमाडौंका विभिन्न महलमा उपलब्ध क्यूएफएक्स हल जस्तै अब तुल्सिपुर उपमहानगरपालिकाको तुल्सिपुर चोक मानाटावरमा डिजिटल हल स्थापना भएको हो । आज राष्ट्रिय सभाकी सांसद् तथा चर्चित लोक दोहोरी गायिक कोमल ओलिले चलचित्र हलको उद्घाटन गरेकी छिन् ।
डिजिटल हलमा १ सय ६० जना भन्दा बढीले एकैसाथ चलचित्र हेर्न सक्ने व्यवस्था गरिएको छ । ‘मानाकाँशी सिनेमा फ्लेक्स’ नाम दिइएको उक्त चलचित्र हलमा सूर्तिजन्य पदार्थ र मदिरा जन्य पदार्थहरु निषेध गरिएको छ । चलचित्र हेर्नको लागि दोस्रो तलामा टिकट काट्ने व्यवस्था गरिएको छ ।
त्यस्तै हल व्यवस्थापकहरुले सुरक्षालाई पनि विशेष ध्यान दिएका छन् । यसको लागि १५ जना सुरक्षा गाडहरुको व्यवस्था गरिएको जनाएको छ । चलचित्र हेर्न आउनेहरुको लागि क्यान्टिनको पनि राम्रो व्यवस्था रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।