प्रिन्स वोर्डिङमा गाइजात्रा विशेष कार्यक्रम सम्पन्न



सैघाली खवर
दाङ २७ साउन ।  लमहीमा रहेको प्रिन्स इङ्लिस मोडेल स्कुलले यही २४ गते मङ्गलबारका दिन गाइजात्रा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रिन्सिपल द्रोणोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमकमा विद्यालका म्यूजिक टिचर बेदु सुवेदीले विच विचमा मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा १० माध्ययनरत छात्रा द्वय करिना आर.सी र मोनिका तिमिल्सिनाले गरेका थिए ।

यसैबिच विद्यालयले विद्यालयको नियमित कार्यक्रम अन्तर्गत यही साउन २५ गते बुधबारका दिन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई दाङ जिल्लाको लमही नगरपालिका ९ रिहारको शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको छ । विद्यालयका प्रिन्सिपल द्रोण पोख्रेलको नेतृत्व तथा विद्यालयका शिक्षक HN पाण्डेय, रमेश भण्डारी र केशर खड्काको संलग्नतामा विद्यार्थीको अलग अलग टिम निर्माण गरी अवलोकन गराइएको थियो । विद्यालयले यही शैक्षिक शत्रबाट विद्यार्थीहरूलाई नियमित शैक्षिक अध्ययन भ्रमण गराउने र प्रत्येक विद्यार्थीले उक्त अध्ययन भ्रमणबाट अनुसन्धान गरी भ्रमण प्रतिवेदन तयार गर्नुपर्ने जनाएको छ भने उक्त प्रतिवेदकै आधारमा विद्यार्थीहरुलाई प्रयोगात्मक तर्फ रहेको कुल अ्कबाट केही अंक प्रदान गरिने विद्यालयले जनाएको छ ।

यस्तै विद्यालयले विद्यालयको नियमित कार्यक्रम अन्तर्गत यही साउन २७ गते शुक्रबारका दिन प्रिन्स गड ट्यालेन्ट कार्यक्रम सम्पन्न गरेको छ । वद्यालयकी भाइस प्रिन्सिपल रोशी खनालको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल द्रोण पोख्रेलको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका म्यूजिक टिचर बेदु सुवेदीले कार्यक्रमको विच विचमा गीत गाई थप मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको निर्णयक मण्डलमा विद्यालयका शिक्षक तथा निम्नमाध्यमिक तहका इन्चार्ज HN पाण्डेय, शिक्षक रमेश भण्डारी र वेदु सुवेदी रहनु भएको थियो । कार्यक्रममा नृत्य तर्फ निकिता परियार, कृतिका गिरि र लक्ष्मी नेपाली प्रथम त्यसैगरी कुमार गिरी द्वितीय र बसन्त मतवाला तृतीय भएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा ९ माध्ययनरत ललिता खनाल, रचना पोख्रेल र किरण वि.कले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्