बुटवल– सर्वाेच्च अदालतले सजाय सुनाएको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई पक्राउ गरेको छ ।
चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
२०६५ साल चैत महिनामा बिजौरीमा भएको सामूहिक बलात्कार घटनामा उनी संलग्न रहेको अदालतको फैसलाको आधारमा दाङ प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ ।
चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।