संयुक्त प्यानलको चुनावी प्रचार प्रचार अभियान तिब्र



सैघाली खबर
दाङ, २७ साउन । आगामी साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनाबका लागि संयुक्त प्यानलले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारेको छ । प्यानलले शुक्रबार घोराहीमा विभिन्न क्षेत्रका उद्योगी व्यावसायी संग भेटघाट गर्दै आफ्नो पक्षका लागि मत समेत मागेको थियो । संयुक्त प्यानलले घोराही स्थित बाल मन्दिर पुरानो बैङ्क रोड, साई मन्दिर , गणेश मन्दिर, न्युरोड, तुलसिपुर चोक, विद्युत प्राधिकरण कार्यालय , न्यु रोड स्थित रन अम्बिका बिजी मार्केट ,सब्जिमन्डी रोड, वडा प्रहरी कार्यालय लगायतका विभिन्न स्थानका व्यापारीहरु संग भेटघाट गर्दै चुनावी प्रचार प्रसार गरेको थियो । प्रचार प्रसारका क्रममा स्थानिय उद्योगि व्यावसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो । संयुक्त व्यावसायीहरुको प्यानललाई बिभिन्न क्षेत्रका उद्योगी व्यावसायीहरुले स्वागत एवं सम्मान समेत गरेका थिए ।

भेटघाटका क्रममा बोल्दै संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुषालले आफ्नो प्यानल समाबेसी भएका कारण सहयोग गर्नु अपिल गर्नु भएको थियो । भुसालले फेन्सी, व्यावसायी,किराना ,होटल व्यावसायी, ग्रिल व्यावसायी सबैको उलेख्य सहभगिता रहेका कारण सबै क्षेत्रको समस्या समाधानका लागी संयुक्त प्यानलले विजयी गराउनु पर्ने वताउनुभयो । संघका पूर्वअध्यक्षहरुको समर्थनमा धु्रवकुमार श्रेष्ठ, बामपंथी ब्यवसायीहरुको तर्फबाट नारायण भुषाल र काग्रेसनिकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ । अन्य पदमा संयुक्त प्यानलबाट उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ । प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शरद खनालको उम्मेदवारी परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्