‘ अझै पुगेन स्थानिय तहमा कर्मचारी ’



गिरिराज नेपाली
दाङ २७ , साउन

नेपाल सरकार सामान्य प्रशासन मन्त्रालय स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यावस्थापन सम्वन्धी आदेश २०७४ ले आषाढ मसान्त सम्ममा सवै स्थानिय तहमा कर्मचारी पुगि सक्नु पर्ने कार्यविधि जारी गरे पनि अझै स्थानिय तहहरुमा कर्मचारी पुग्न सकेका छैनन । सामान्य कामकाज संञ्चालनका हाल जारी आदेश काज सरुवा गरी स्थानिय तहहरुका कामकाज संञ्चालनका लागि आदेश जारी गरे पनि आदेश अनुरुप कर्मचारीहरु दरवन्दीको माग गर्दै स्थानिय तहमा जान नमान्दा स्थानिय तहहरु कर्मचारी विहिन वन्न पुगेका छन । स्थानिय तहमा कर्मचारी नपसुग्दा स्थायि तह र जनप्रतिनिधिहरु कामकाज अन्यौलमा परेको छ ।स्थानिय सर्वसाधरणहरु सेवा वाट वञ्चित हुनु परेको छ । 

कर्मचारी आदेश २०७४ ले प्रत्येक वडामा १÷१ जना सुब्बा ÷ खरिदार स्तरको सचिव , सहायक लेखापाल र कार्यालय सहयोगी सहित ३ जना कर्मचारी व्यवास्थापनको अवधारणा लागु गरे पनि कर्मचारी अभावका कारण स्थानिय तहमा कर्मचारी मिलान गर्न नसक्दा स्थानिय तहको कामकाज प्रभावित भईरहेको जिल्ला समन्वय समिति दाङका स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले वताए । उनले भने ‘ कर्मचारीको अभावमा हुदा स्थानिय तहले सकस खेप्नु परेको छ । ’ भएका कर्मचारीहरु पनि आधा मात्रै छन ।

मन्त्रालयले जारी गरेको आदेश अनुरुप सवै स्थानिय तहहरुमा असार सम्ममा कर्मचारीहरुको पदपुर्ति गरी कामकाज सुरु गर्ने भनिएता पनि कर्मचारी अभावका कारण सम्वन्धीत साँविकका गाँउ विकास समितिका सचिवहरु वाट सवै काम सुचारु गरिरहनु परेको छ । भने संयुक्त वडाहरु संञ्चालन गरी सेवा प्रवाह गरिरहनु पर्ने वाध्यता छ ।

दाङका दुई उप–महानगरपालिका , एक नगरपालिका र ७ गाँउपालिका एक सय वडाहरुमा अझै प्रत्येक वडाहरुमा १÷१ जना खरिदार वा सुव्वा सरहको सचिव , सहायक लेखापाल र कार्यालय सहयोगी गरी ३ सय प्रत्येक गाँउपालि , नगरपालिका र उप–महानगरपालिकामा १ जना कार्यकारी अधिकृत , १ सिभिल ईन्जीनियर , १प्रशासन सहायक , १लेखापाल÷सहलेखापाल , सव इएन्जीनियर २ जना , १कम्प्युटर अपरेटर र कार्यालय सहयोगी २ जना गरी १० जना गरी ७ गाँउपालिका र १ उप–महानगरपालिकामा ४ सय जना कर्मचारीहरु आवश्यकता देखिएको र आदेशमा पनि तोकिएको छ । तर जिल्लामा हाल सम्म १ सय ५० जना कर्मचारीहरुको पदपुर्ति गरी कामकाज सुरु गरिएको छ । आवश्यक्ता भन्दा न्युन मात्रामा कर्मचारीहरु मात्रै पदपुर्ति गर्दा स्थानिय तहको सेवा प्रवाहमा कतै नियमिति रहे पनि कतै सकस पुर्ण वन्दै गएको उनले वताए । पदपुर्ति गरिएका सवै कर्मचारीहरु घरपाएक पर्ने काज सरुवा गरिएको छ । भएका जति लाई तत्काल कामकाज सुचारुका लागि तत् स्थानिय तहहरुमा पठाई सकेको छ । तर अपुग भएका स्थानियहरुमा कर्मचारी विवरण संकलन चलीरहेकाले वाँकी ठाँउमा अवको केही दिनमै पठाउने तयारी भईरहेको उनले वताए । कर्मचारी व्यावस्थापनका लागि केही ढिलाई भएकै हो । तर उक्त समस्या समाधानकाल लागि कर्मचारी व्यास्थापन समिति लागि परिरहेको छ । सेवाग्राहीको सेवाका लागि छिटो छरितो र प्रभावकारी रुपमा संञ्चालनका लागि जनप्रतिनिधि र स्थानिय तहको सम्वन्धीत जिल्ला स्तपरिय कार्यालयहरु कर्मचारी व्यावस्थापनको चटारोमा लागेका छन । तर प्र¥र्याप्त कर्मचारी नहुदा स्थानिय तहले यस्तो समस्या खेप्नु परीरहेको छ ।

जिल्लामा दरवन्दी मिलान गर्न सकिने कर्मचारीहरुका दरवन्दी मिलान गरी अपुग देखिएका मन्त्रालय माग गरी जिल्लाका स्थानिय तहमा कर्मचारी‘फुलफिल ’ गरिने तयारी समेत चलिरहेको छ । उनले भने आदेश जारीले काज सरुवाको भरमा कर्मचारी मिलान गर्न खोज्दा कतिपय कर्मचारी काज सरुवा भई सम्वन्धीत स्थानिय तहमा जान नमान्दा समेत यस्तो अप्ठेरो देखिएको उनले वताए । कर्मचारीहरुले स्थाई दरवन्दीको माग गरी जान खोजेकाले स्थाई दरवन्दी दिन नसक्दा कर्मचारीहरु अस्थाई काजमा मात्रै उक्त स्थानमा जान नमानेको उनले वताए । जस लागि मन्त्रालय दरवन्दी मिलानको व्यावस्था जारी गरी सम्वन्धीत कार्यालयमा कर्मचारी व्यावस्थापन लाई लैजान सक्ने हो , भने उक्त समस्या तत्काल समाधान हुने उनले वताए । कर्मचारी दरवन्दी मिलान सम्वन्धी प्रष्ट्र निति तर्जुमा जारी गरी कर्मचारी मिलान गरी स्थानिय तहको कर्मचारी वाँडफाँट गरी लैजाने हो भने उक्त समस्या तत्काल समाधान हुने सक्ने उनले वताए ।

कर्मचारी द्वारा राजिनामा
डिभिजन सहकारी वाट काज सरुवा भई वंगाललचुली गाँउपालिकामा सरुवा भएका दिलिप कुमार श्रेष्ठले जागिर वाट राजिनामका लागि जिल्ला समन्वय समितिमा लिखित निवदेन पेश गरेका छन । स्वास्थ्इ समस्या लाई दर्शाउदै श्रेष्ठले राजिनामाका लागि सम्वन्धीत कार्यालयमा लिखित निवदेन पेश गरेका हुन । मुटुको विरामी रहेका श्रेष्ठले आफु लाई नियमित औषधी सेवन र चेकजाँच गर्नुपर्ने , भौगौलिक विकटताका कारण नियमिति स्वास्थ्य चेकजाँच गराउन नसक्ने समस्या देखाउदै राजिनामका लागि जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा लिखित निवदेन पेश गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्