२ सय १३ को निशुल्क उपचार



दाङ ।घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा आज देखी शहरी स्वास्थ्य केन्द्र नयाँ बजारमा निशुल्क बिषेशज्ञ स्वास्थ्य शिबिर सुरुभएको छ । शिबिरमा उपमहानगरको स्वास्थ्य शाखा, नेपाल परिवार नियोजन संघ र नेशनलप्याथले सहयोगमा शिविर संचालन गरिउको हो । शिविरको पहिलो दिन २ सय १३ जनाले निुशल्क रुपमा उपचार पाएका छन् । जस अन्तरगत १ सय ९ जना महिलाको पाढेघरको जाच, २ जनाको थाईराईट, १८ जनाको सुगर,१६ जनाको पिसाव जाँच, ३८ जनाको एच.आई.भि.परिक्षण र ३ जनाको गर्भजाँच गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । शिविरको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरका कुनै पनि नागरिकहरुलाई उपचारबाट बन्चित हुने बाताबरण आउन नदिने बताउनुभयो । रोग लाग्नु भन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै उहाँहरुले नागरिकहरुको स्वास्थ्य उपचारका लागि प्रत्येक वडामा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

वडा सदस्य गुलाम रसुलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा परिवार नियोजन संघका सचिब मायाकुमारी पोख्रेलले शिबिरबाट बिरामीहरुले सेवा लिएर स्वस्थ रहन सक्ने अबस्था सृजना गरेको प्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण संस्थागत परिवार नियोजन क्लिनिकका प्रमुख राधा पौडेलले गर्नुभएको थियो । दुई दिने शिबिरमा स्त्री रोग सम्बन्धि उपचार, परामर्श, पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार नियोजन सेवा, हाड जोर्नी तथा नसा सम्बन्धी समस्याको उपचार, यौनरोगको उपचार र पराशर्म दिईने छ । शिबिरमा डा. अनुपमा शर्मा सहित आधा दर्जन स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्