शान्ति समाजले गर्यो कारागारको अनुगमन



दाङ । जिल्लाका दुई वटा कारगारको अबस्थाका बारेमा अधिकारकर्मीहरुले अनुगमन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले कारागार शाखा तुलसीपुर र कारगार शाखा घोराहीको अनुगमन गरेका हो । शान्ति समाज केन्द्रिय कार्यक्रम अन्तरगत देशका बिभिन्न शाखाहरुले कारागार शाखाको अनुगमन गर्न शुरु गरेका छन् । कारागारमा २ सय ४२ जना कैदीलार्ई राखिएको छ भने उक्त भवनको क्षमता २ सय जना रहको निमित्त जेलर जोखिम ओलीले बताउनुभयो । त्यसमा ७ जना बिदेशी नागरिक पनि रहेका छन् ।

अर्काे भवनमा १ सय ३७ जना पुरुष र महिला २७ तथा ५ जना आश्रित वालवालिकाहरु छन् । उक्त भवनको क्षमता भने एक सय जना रहेको कारागार शाखा तुलसीपुरले जनाएको छ । घोराहीमा भने ५ गुणा बढी कैदी राखिएकाले अब्यबस्थीत रहेको शान्ति समाजको अनुगमनका क्रममा देखिएको छ ।

अनुगमनमा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत नेतृत्वमा पूर्ब केन्द्रिय उपसभापति एबम अधिबक्ता मोहन प्रसाद धिताल, दाङ शाखाका संस्थापक सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली, शान्ति समाज दाङ शाखा सभापति शरद रेग्मी, उपभापति तुलसीराम सुनार, सुचिब निर्मला डाँगी, कोषाध्यक्ष अमृत प्रसाद शर्मा,सदस्य कमल डाँगी,सम्झना डाँगी लगायत पत्रकारहरुको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्