आफ्ना कार्यकताको गैरराजनीतिक ढंगले गिरफ्तार गरेको भन्दै आज ५ गते सुर्खेत वन्दको आयोजना गरेको नेकापाले अवज्ञा गरेको भन्दै सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
आजगनी भएको सुचना पाए लगत्तै प्रहरी परिचालन गरिएको र क्षतिको थप विवरण आउन वाँकी रहेको प्रहरीले वताएको छ । आजगनी भएको २ वटै मालवाहक ट्रक भएको समेत प्रहरीले वताएको छ । वन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
गत पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषणा गरेको नेकपा सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।