पाँच नंं. प्रदेशको स्थायी राजधानी दुई महिनामा टुङ्गो लगाउँने तयारी



दाङ । पाँच नंं. प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण दुई महिना भित्र टुङ्गो लगाउँने तयारी गरिएको छ । त्यसको सम्पूर्ण तयारी पुरा भएको पाँच नं. प्रदेशको स्थायी राजधानी र नामाकरणका विशेष समितिका संयोजक दिपेन्द्र पुनले जानकारी दिनुभयो । स्थायी राजधानी र नामाकरण गर्न आबश्यक सम्पूर्ण कानुनी प्रकृया पुरा भएको भन्दै दुई महिना भित्र स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउँने संयोजक पुनको भनाई छ। प्रदेशसभाको भोली आईतवार बस्ने संसदका बैठकमा जिल्लामा जाने समयको माग गर्ने समेत बताएका छन् । स्थायी राजधानी र नामाकरणका बिषयमा १२ वटा जिल्लामा गएर छलफल गर्ने तयारी रहेको पुनको भनाई छ । प्रत्येक जिल्लामा गएर जिल्ला सम्मन्वय समिति परिषदका सदस्यहरु संग छलफल गर्ने कार्य सूची समेत रहेको जानकारी दिनुभयो ।


त्यसका लागि एक दुई दिनमै प्रदेश सासंद जिल्ला दौडाहामा जान थालेको उहाँले वताउँनुभयो । पाँच नं. प्रदेशका सभामुख पूर्ण घर्तीले माघ १० गते देखि सबै जिल्लाका प्रदेशसभा सभा सदस्य जिल्ला जाने तयारी रहेको वताउँनुभयो । स्थायी राजधानीका विषयमा छलफल गर्न जिल्ला दौडाहामा जान थालेको वताउँनुभयो । प्रत्येक जिल्लाबाट सूझाव संङकलन गरी प्रदेशसभा सदस्यहरुले ल्याउँने र त्यसकै आधारमा अगाडी बढ्ने उल्लेख गर्नुभयो । १२ वटा जिल्लाबाट प्राप्त प्रतिवेदनका आधारमा संसदको दुई तिहाई बहुमतले स्थायी राजधानी तोक्ने सभामुख घर्तीले जानकारी दिनुभयो । तोकिएको म्याद भित्र प्रतिवेदन नआए समय थप गरेर भएपनि राजधानीको टुङ्गो लगाउँने जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्