सोयाबिन हामी प्राय दाल बनाएर खाने गर्छौं । सोयाबिनलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । यसलाई मानिसले कम मात्रामा प्रयोग गर्ने गर्छन् । तर यसको फाइदा सबै मानिसलाई थाहा हुने हो भने मानिसहरु यसलाई नाइँ भन्न सक्दैनन् । सोयाबिन स्वास्थ्यको लागी निकै उपयोगी हुने विभिन्न अध्ययनले देखाएको छ ।
सोयाबिनले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :
१) प्रसस्त पौष्टिक तत्व : सोयाबिनमा भिटामिन बि र इ को मात्रा धेरै हुन्छ । यसमा प्रोटिनको मात्रा पनि बडी हुने भएकाले यसले शरीरको बिकास गर्न मद्धत पुर्याउँछ । यसमा दुध ,अण्डा र मासुभन्दा बडी प्रोटिन पाइन्छ ।
२) हड्डी बलियो हुन्छ : सोयाबीनमा आइसोफ्लेवोंस नामक रसायन जसले हड्डीलाई बलियो बनाउनुको साथै हड्डीको बिकास गर्न पनि मद्धत गर्छ ।
३) एसिडिटीबाट राहत : यदि पेटमा ग्यास भरिएर तनाबमा हुनुहुन्छ भने सोयाबिनको आटाको रोटी बनाएर खाने गर्नुहोस । यसले तपाइको एसिडिटीको समस्यालाई निको पार्न मद्धत गर्छ । सोयाबिनले पेटलाई सफा राख्न मद्धत गर्छ ।
४) मानसिक संतुलन ठीक गर्छ : धेरै तानावका कारण मानषिक रोगबाट पिडित हुनुन्छ भने सोयाबिनको तरकारी खाने गर्नुहोस यसले दिमागलाई फाइदा गर्छ । सोयाबिनले दिमाग तेज बनाउन मद्धत गर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।