दूध आयातमा रोक



नेपालगञ्ज । बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरुपमा रोक लगाइएको छ । यहाँस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरुपमा रोक लगाइएपछि दूध उत्पादक कृषक खुशी भएका छन् ।

केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो ।

यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्