काठमाण्डौ । शनिबारको दिन पिपलको परिक्रमा, पूजा गर्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ । धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ ।
पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन । अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन । यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर । म समय(समयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु ।
भनिन्छ, यही कारण शनिबारका दिन श्रीविष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन् । त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ ।
गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन । श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ । शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ । किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ ।
एजेन्सीको सहयोगमा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।