दुई छोराकी करोडपति आमा, कन्टेक्टरको मायाँले प्रहरी परिषर धाउँदै



काठमाडौ । राजधानीको सुन्धारामा ५ तले घर र बेल्जियमको ब्लुकार्ड भएकी उमा गुरुङले नाइट बसको कन्टेक्टरलाई अंगालेको कुरा बाहिरिहएको छ । परिवारका सबै सदस्य बेल्जियमका स्थायी बासिन्दा भइसक्दा पनि फेसबुकमा झुल्किएको एउटा केटाले ‘आई लभ यु डार्लिङ’ भनेकै भरमा ४५ वर्षीया एक महिलाले नाइट बसमा पैसा उठाउने राजा खड्कालाई अँगालेकी छिन् ।

आफ्ना दुई छोरा र श्रीमानलाई बेल्जियमा छाडेर काठमाडौँ आएकी पोखराकी स्थायी बासिन्दा उमा गुरुङ आजभोलि बिहान–बेलुका खानाको पोको बोकेर महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा पुग्छिन् ।

काठमाडौँको सुन्धारामा उनको पाँच तले घर छ, ‘उमा यातायात’ नामका दुईवटा नाइट बस छन्, झापाको दमकमा गाडी मर्मत गर्ने ग्यारेज छ तर किन उनी सामान्य कन्टेक्टरलाई खाना लिएर हिरासतमा पुग्छिन् ? त्यसभित्रको कहानी रोचक छ ।

उमा बेल्जियममा थिइन् । ५ वर्षअघि नेपाल आर्मीका मेजरको युनिफर्म लगाएका एक युवाले फेसबुकमा मेसेज गरे, ‘हेलो हाउ आर यु ?’

‘तिमीलाई कस्तो छ ?’ बाट सुरु भएको संवाद भाइबर, इमो मार्फत झाँगिँदै गयो । उमा बेल्जियमबाट झापा जिल्ला दमक नगरपालिका–५ स्थायी घर भएका ३१ वर्षीय राजा खड्कालाई भेट्न काठमाडौँ आइपुगेकी थिइन् ।

यो कुरा करिब १० महिनाअघिको हो । सुन्धाराबाट नाइट बसमा झापा जान लागेका राजाले उमालाई सुन्धारास्थित आर्मी अफिसर क्लब अगाडिको ‘गुलाब स्विट्स’मा बोलाए । आर्मी अफिसर क्लबबाट निस्केका राजा खड्काले आफूलाई आर्मीको मेजर भनेका थिए । जङ्गी अड्डातिरबाटै निस्केका राजाको कुरा उनलाई विश्वास लाग्यो ।

सुन्धारास्थित उनको घर भाडामा लिएर होटल सञ्चालन गर्ने व्यक्ति र उमाको बीचमा विवाद थियो । राजा खड्कालाई उनले बराल थरका होटल सञ्चालकलाई त्यहाँबाट हटाउनका लागि आग्रह गरिन् ।

घरको विवाद लिएर महानगरीय प्रहरी वृत्त जनसेवाका तत्कालीन डीएसपी मोहन थापा समक्ष पुगेकी उमाले राजालाई चिनाउँदै भनेकी थिइन्, ‘उहाँ मेरो साथी, आर्मीको मेजर हुनुहुन्छ !’

तिनै आर्मीका मेजर अहिले ‘साइबर अपराध’ मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको हिरासतमा छन् । उमेरले ४५ पूरा भइसकेकी उमाको पेटमा राजा खड्काको बच्चा छ । मङ्गलबार प्रहरी समक्ष उमाको पेटमा भएको बच्चा आफ्नो भएको स्वीकार्दै राजाले भनेका छन्, ‘मेरो बच्चा हो, हामीले विवाह गरेका हौँ ।’

अर्काकी श्रीमतीलाई अश्लील मेसेज पठाउँदा ‘ चन्द्रिका ९नाम परिवर्तन० उमेरले ३९ पुगिन्, युरोप बस्छिन् । विगत १५ वर्षदेखि युरोपमा बसेर नेपाल आउनेजाने गरिरहेकी चन्द्रिका र राजा खड्का फेसबुक मार्फत नै नजिक हुन्छन् ।

सुरुमा राजा आफूलाई आर्मीको क्याप्टेन हुँ भन्दै राम्रो कुरा गर्छन् । चन्द्रिकाको सबै कुरा बुझेपछि उनको निर्वस्त्र फोटा पठाउन र पचास हजार पैसा पठाउन आग्रह गर्छन् ।

‘नेपाल आएर आफूसँग विवाह गर्नुपर्ने अन्यथा पीडितको छोरा र श्रीमानलाई अप्ठ्यारो पार्ने भन्दै अश्लील मेसेज पठाएको खुलेपछि महानगरीय अपराध महाशाखाले राजा खड्कालाई पक्राउ गरेर पठाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) मोहन थापा भन्छन्, ‘विगत तीन महिनादेखि सामाजिक सञ्जाल फेसबुक र इमो मार्फत उनले यसरी अश्लील फोटो तथा मेसेज पठाएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौं ।’

तीन महिनादेखि शरीरमा कुनै कपडा नलगाई ‘लाइभ देखाऊ नत्र छोरा र श्रीमानको राम्रो गति हुँदैन्’ भन्दै धम्की दिएपछि चन्द्रिकाको श्रीमान जाहेरी बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए ।

सुन्धारास्थित उमा गुरुङको घरमा बस्दै आएका राजाले उमासँग विवाह गरेपछि नाइट बसको काम छाडेर कार चढेर हिँड्न थालेको बताइएको छ ।

‘राजा खड्काले आफूलाई नेपाली सेनामा कार्यरत सेनानी दाबी गरे पनि त्यो नक्कली भएको पुष्टि भएको छ’, डीएसपी थापा भन्छन्, ‘कसैलाई फसाउन र प्रभावनमा पार्नका लागि मात्र उसले आफूलाई नेपाली सेनाको सेनानी दाबी गर्दै आएको रहेछ ।’ विद्युतीय कारोवार ऐनको मुद्दा खेपिरहेका खड्काको नाममा पछिल्लो समय उमाले नै दुईवटा रात्री बस खरिद गरिदिएको बताइएको छ ।

पहिले मेची यातायातमा अबद्ध रहेको उनका दुईवटा बस सिन्डिकेट खारेज भए पनि उमा यातायातको नाममा कम्पनी दर्ता भएर काठमाडौं–झापा चलिरहेका छन् । खड्काले उमाको पैसाले झापाको दमकमा ग्यारेजसमेत सञ्चालन गरेको पाइएको छ ।

फोटो स्टुडियोमा बनाउँथे नक्कली आर्मीको फोटो १ झापामा एक युवती बलात्कार गरेर भागेका फरार अभियुक्त राजा खड्काले धनाढ्य महिला फकाउन आर्मीको मेजर भन्ने गरेको बयान दिएका छन् । प्रहरी समक्ष बयान दिँदै उनले भनेका छन्, ‘पुतलीसड्कस्थित पद्मोदय मोडमा रहेको फोटो स्टुडियोले मलाई आर्मीको हतियार बोकेको र युनिफर्म लगाएको फोटो बनाइदिने गरेको थियो ।’

नेपालमा कन्टेक्टर काम गरेर कमाइ नभएपछि विदेश जाने सोचमा रहेका खड्कालाई एक मेनपावरको एजेन्टले आर्मीबाट राजीनामा दिएको डकुमेन्ट बनाए विदेशमा धेरै तलब आउने आश्वासन दिएपछि उनी त्यस्तो डकुमेन्ट बनाउन फोटो स्टुडियोमा पुगेका थिए ।

नेपालमा कन्टेक्टर काम गरेर कमाइ नभएपछि विदेश जाने सोचमा रहेका खड्कालाई एक मेनपावरको एजेन्टले आर्मीबाट राजीनामा दिएको डकुमेन्ट बनाए विदेशमा धेरै तलब आउने आश्वासन दिएपछि उनी त्यस्तो डकुमेन्ट बनाउन फोटो स्टुडियोमा पुगेका थिए ।

१० कक्षासम्म पढेका खड्काले प्रहरी समक्ष बयान दिँदै अरूको फोटोमा आफ्नो टाउको जोडेर स्टुडियोले बनाइदिएको फोटो फेसबुकमा राखेर आफूले पैसावाल महिलाहरू पट्याउने गरेको बताएका छन् । उनले ‘मेजर हुँ’ भन्दै आधा दर्जन महिलाहरूबाट आर्थिक लाभ लिएको र सामाजिक सञ्जालबाट मेसेज पठाएर प्रताडित बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

source : newsansar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्