डिप्रेसनबाट यसरी बच्न सकिन्छ



एजेन्सी। आजको दिनमा डिप्रेसन (उदासी रोग) को शिकार नभएका मानिस कमैं होलान। मानसिक तनावले गर्दा आजको दिनमा मानव जीवनमा अनेक प्रकारका मानसिक समस्या देखिने गरेका छन ।

डिप्रेसन भएका, एक्लोपनाले ग्रस्त व्यक्तिलाई घरपालुवा पशुपक्षी पाल्नु लाभदायक हुने देखिएको छ ।

घरपालुवा जनवारले डिप्रेसनवाट टाढा राख्न सहयोगी भूमिका खेल्ने गरेको तथ्य खुल्न आएको छ ।

 

यो अध्ययन ‘अमेरिकन जर्नल अफ मेडिसिन’ मा प्रकासित छ । त्यस अनुसार, घरपालुवा पशुपक्षीसँग एक छिन खेल्न पाए पनि मानसिक रुपमा अस्वस्थ व्यक्तिहरू बढी हर्षित र आत्मविश्वासी देखिने गर्छन्, साथीभाइ र आफन्तसंग उनीहरूको सम्बन्ध राम्रो बनाउँदै लैजान्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्