कपालमा नियमित तेल लगाउँनुका फाइदैफाइदा



पुरानो पुस्ताले कपालमा तेल लगाउँदा कपाल बलियो र कालो हुने बताउँदै आएको पाइन्छ । अहिलेको नयाँ पुस्तामा कपाललाई नरम र सुन्दर बनाउनका लागि विभिन्न केमिकलको प्रयोग गर्ने गरिन्छ। यसले कपालको सुन्दरता बढ्नु भन्दा झनै बिग्रिने सम्भावना हुने गर्दछ।

आजभोलि यस्तै केमिकलको प्रयोग गर्ने हुँदा कपालमा तेल लगाउन समेत धेरैले छोडिसके। तर तेलका फाइदा केमिकलको प्रयोग भन्दा निकै राम्रो हुने गर्दछ। यसले कपाललाई हानी पनि पुर्याउने डर हुँदैन। कपालमा चिपचिपाहट लाग्ने डरले तेल लगाउ छोड्नु भएको छ भने तपाईले गल्ती गर्दै हुनुहुन्छ। यसो गर्दा कपालमा नोक्सान पुग्ने गर्दछ। आज हामी तपाईलाई कपालमा तेल लगाउदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।

१) कपालमा तेल लगाउँदा तपाईको कपाल लामो र मजबुत हुने गर्दछ। तेलले कपाललाई प्राकृतिक हेरचाह गर्नमा सहयोग पुर्याउँदछ। कपाललाई पनि पोषण तत्व आवश्यक पर्ने गर्दछ। तेलबाट कपाईलाई भरपुर पोषण तत्व प्राप्त हुने गर्दछ। साथै तेलले कपालमा मोसराइज बनाइराख्ने भएकाले रुखोपनाको समस्या हटेर जान्छ। कपाललाई नुहाउनु भन्दा पहिले वा धुनुपछि कपालमा तेल लगाउनु कपालको स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ।

२) कपालमा तेलले मसाज गर्दा रक्त सञ्चार ठिक हुने गर्दछ। मसाजले ब्लड सर्कुलेशन राम्रो हुने गर्दछ। चिकित्सकका अनुसार प्रेशर भएको ठाउँमा मसाज गर्दा तनाव पनि कम हुने गर्दछ। हप्तामा करिब ३ दिन कपाललाई मसाज अवश्य गर्नुहोस्। यसले कपालमा बन्द भएको छिद्र खुल्नुका साथै ब्लड सर्कुलेशन राम्रो हुने गर्दछ।

३) कपालमा राम्रोसँग मालिस गर्दा तपाईको कपाल झर्ने समस्या हट्ने गर्दछ। तेल लगाउँदा कपाल तिब्र रुपमा बढ्ने तथा उचित पोषण तत्व प्राप्त हुने भएकाले कपाल झर्ने समस्या हट्ने गर्दछ।

४) टाउँको त्वचा रुखो हुँदा चायाँ आउने गर्दछ। त्यसैले टाउँकोमा राम्रोसँग तेल लगाएर मानिस गर्यो भने तपाईको चायाँको समस्या हटेर जाने गर्दछ। तेल नलाउने तर साबुन र स्याम्पुको प्रयोग गर्ने हुँदा कपालमा चायाँको समस्या हुने गर्दछ। त्यसैले चायाँको समस्याबाट छुटकारा पाउनका लागि कपालमा तेल लगाएर मालिस गर्नुहोस्।

५) टाउँकोमा तेल लगाएर मालिस गर्दा तपाईको टाउँको दुख्ने समस्या कम हुने गर्दछ। कपालको त्वचामा रक्त प्रवाहमा गडबडीका कारण टाउँको दुख्ने समस्या हुने गर्दछ। यस्तो बेलामा टाउँकोमा तेलले मालिस गर्दा ब्लड सर्कुलेशन हुन्छ र टाउँको दुख्ने समस्या हटेर जान्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्