के तपाईलाई थाहा छ ? भुटेको लसुनको फाइदा यस्ता छन्



हाम्रो भान्सामा सधैलसुन मसलाको रुपमा प्रयोग गर्दै आएको खाद्यँन्न हो ।लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग भएको पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने अनेकौं रोगहरुको नाश गर्दछ ।

लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरुको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ । पिसावको समस्या, रक्तदोष, सुन्निे समस्या आदिमा पनि लसुन लाभदायक छ । गर्भावस्थामा भने यसको प्रयोग गर्नु राम्रो हुदैन ।लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका विभिन्न भागलाई नियमित रुपमा काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका विभिन्न रोग लाग्ने संभावना न्युन हुन्छ । क्यान्सरको समस्यामा पनि लसुन लाभदायक देखिएको चिकित्सकहरुका अनुसन्धानले पुष्टि गरेको छ ।

लसुन खानामा स्वाद बढाउन राख्ने चलन छ, तर तपाई हामीलाई यसको स्वास्थ्य लाभका बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले आज हामी भुटेको लसुनका फाइदा के कस्ता हुन्छन् भन्ने विषयमा जानकारी दिन लागीरहेका छौँ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्