२७ जना सवार बस दुर्घटना, ३ को अवस्था गम्भीर



तुलसिपुरबाट सितलपुरतर्फ जाँदै गरेको मिनी बस दाङको दमारगाउँ भन्ने ठाँउमा दुर्घटना भएको छ । रा १ ख ४९४ नम्बरको गाडी आज दिउँसो दुर्घटना भएको हो ।

गाडीमा २७ जना सवार रहेकोमा ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी गराएका छन् ।

त्यत्यस्तै गम्भीर घाइते ३ जनाको उपचार राप्ति अञ्चल अस्पताल तुलसिपुरमा भइरहेको छ । अन्य २४ जनाको अवस्था समान्य रहेको शाहीको भनाई छ । बसका चालक र सह–चालक सम्पर्कमा अहिलेसम्म आएका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्