वर्षाले घर भत्कदा आमा वेपत्ता तिन छोरी मृत फेला



सैघाली खवर
बाँके २८ साउन । गए रातिदेखि आएको अविरल वर्षाका कारण बाँकेको राप्तीसोनारी वार्ड नं ४ लालपुरमा कमिलाल थारुको घर भत्कदा उनका तिन छोरी मृत अवस्थामा भेटिएका छन भने श्रीमति वेपत्ता भएकी छन् ।

नेकपा माओबादी केन्द्रकी स्थानीय नेतृ कृष्णा केसी (नमुना) ले दिएको जानकारी अनुसार राप्ती सोनारी गाउँ पालिकाका विभिन्न ठाउँहरु जलमग्न भएका छन् । त्यहाँका धेरै घरहरु डुवानमा परेका छन् भने जनजीवन अस्तव्यस्त भएका छन् ।

हाल अहिले सो स्थानमा स्थानीयले उद्दारको प्रयास गरिरहेका छन भने थप उद्धार गर्न हेलिकप्टर पनि आइपुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्