उद्दार र राहतमा कुनै कमी हुन दिन्नौँ : गृहमन्त्रालय



सैघाली खवर
काठमाडाँै २८ साउन । गृहमन्त्रालयले विगत केही दिन देखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानमा परेकाले सरकार उद्दार र राहतका लागि कुनै कसुर बाँकी नराख्ने बताएको छ ।

मुख्य रुपमा झापा, मोरङ्ग, सुनसरी, सप्तरी, रौतहट, दाङ्ग, बाँके जिल्लाहरुका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएकाले सरकार उद्दारमा जुटिरहेको र छिटोभन्दा छिटो राहत पनि पु¥याउने गरी लागेको एक विज्ञप्ती जारी गरि जनाएको छ ।

यसैगरी मध्य पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा पहिरो गएको र बाढी, पहिरो र डुवानबाट जनधनको ठुलो क्षति भएको प्रति दुख व्यक्त गर्दै यस क्षेत्रमा पनि राहत र उद्ुदारमा जुटिरहेको पनि जनाएको छ ।
खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको सरकारले जनाएको छ ।

गृह प्रशासनले नेपाल सरकारका सबै निकायहरु बिच आवश्यक समन्वय गरिरहेको र यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउन उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृह मन्त्रालय हार्दिक अपिल गरेको छ ।
साथै देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन हुन समेत गृह मन्त्रालय हार्दिक अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्