छोरीले दिइन वुवालाई कलेजो काटेर



जन्म दिने बाबुलाई ३० प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानले का प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर आर्थिक सहयोग उपलब्ध गराएको छ l

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो l

त्यस्तै नेवा:जागरण मंच जापान बाट पठाएको १५ हजार रुपैंया नेवा:जागरण मंचका अधक्ष्य सुजीव बज्राचार्य ,सदस्य राजीव राजोपाध्यायको उपस्थितिमा संस्थाका प्रतिनिधि अमृत ताम्राकारज्युले हस्तान्तरण गर्नु भएको हो l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्