सनी लियोनी यतिबेला धेरै जसो समय आफ्नो परिवारका सदस्यसँग बिताइरहेकी छन्। सनीलाई कहिले रेस्टुरेन्ट त कहिले इभेन्टमा देखिन्छ।
शनिबार सनीलाई पति डेनियल वेबर र छोरी निशा कौर वेबरसँग देखियो। यो क्रममा निशा आफ्नी आमा र बुवाको हात समाएर घुम्दै गरेको देखिन्थ्यो। तर अचानक निशा आफ्नी आमाको काखमा जान खोजिन्। आफ्नो काममा आउन निशा रोएको देखेपछि सनीले उनलाई आफ्नो काखमा लिइनन् र शान्त गराइन्।
सनीको काखमा आउने वित्तिकै निशा रुन छोडिन् र हास्न थालिन्। सनी लियोनी तीन बच्चाकी आमा हुन्। एक छोरीबाहेक दुई छोरा नोह र अहसर पनि छन्। जसको जन्म सेरोगेसीबाट भएको हो।
थोरैमात्रै थाहा होला की सनीले ती बच्चीलाई धर्मपुत्रीका रुपमा अपनाएकी छन्, जसलाई पहिला ११ जनाले अपनाउन अस्वीकार गरेका थिए। बच्चीको रंग कालो भएका कारण आफूहरुले अपनाउन नसक्ने भन्दै ११ जनाले उनलाई अस्वीकार गरेका थिए।
धरै जसो परिवार बच्चाको रंग, अनुहार र बच्चाको मेडिकल हिस्ट्रीलाई लिएर निकै उत्सुक हुन्छन्। र त्यही आधारमा बच्चालाई अपनाउने वा नअपनाउने निर्णय गर्छन्।
यही कारण निशालाई ११ जनाले अपनाउन अस्वीकार गरेका थिए। तर सनी र उनका श्रीमान डेनियलले यी सबै कुरामा ध्यान दिएनन्। र निशालाई धर्मपुत्रीका रुपमा स्वीकार गरे।
सनीेले पनि अन्य परिवारकै जस्तै गरी लाइनमा लागेर आफ्नो पालो कुरेर बसेका थिए। उनले सबै नियममा बसेर आफ्नो औपचारिकता पूरा गरेका थिए।
सनीले ३० सेप्टेम्बर २०१६ मा साराको वेब पोर्टलमार्फत बच्चीलाई धर्मपुत्री बनाउन आवेदन दिएका थिए। आवेदनको नौ महिनापछि २१ जुन, २०१७ मा उनीहरुलाई बच्चीका विषयमा जानकारी दिइएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।