बाध्यताले ट्रक ड्राइभर बनेकी सुन्दरी…



जापानकी एक महिला ट्रक ड्राइभर अहिले विश्वभर चर्चित भएकी छिन् । मासिहरु उनलाई संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभर पनि भन्छन् । यी युवतीले आफ्ना पिता बिरामि भएपछि पिताले चलाउने गरेको ट्रक चलाउन सुरु गरेकी थिइन् ।

अहिले उनी आफ्नो घरमा भन्दा बढी समय आफ्नो २ पाङग्रावाला ट्रकमा बिताउँछिन् । उनको मान्यता छ – भविष्यमा यो काम पुरुषको लागि मात्र रहने छैन । यी सुन्दरी ट्रक ड्राइभर जापानकी २१ वर्षीया रिनो सासाकी हुन् ।

रिनो यहाँ १२ पाङग्रापाला ट्रक चलाउँछिन् र एक वर्षमा करिब सवा ३ लाख किलोमिटर दूरी यात्रा गर्छिन् । उनी आफ्नो घरमा भन्दा बढी समय ट्रकमा बिताउँछिन् । केही समय अगाडिसम्म रिनो जापानको परम्परागत डान्स किमोनो सिकाउने काम गर्थिन् ।

उनी आफ्नो कामबाट पूरै सन्तुष्ट थिइन् । त्यतिबेला उनका पिता ट्रक चलाउँथे । तर, एक्कासी उनका पिता बिरामी भए । पिता थला परेर ओच्यानमै सीमित भएपछि भने घरको काम सम्हाल्नको लागि रिनोले डान्स सिकाउने काम छोड्नुपर्यो ।

पिताले ट्रक चलाउन नसक्ने भएपछि अन्ततः आम्दानीको स्रोत जुटाउन रिनोले पिताले चलाउँदै आएको ट्रक चलाउने निर्णय गरिन् । उनकी आमा र उनका साथहिरुले भने रिनोको ड्राइभर बन्ने निर्णयको निकै विरोध गरेका थिए । तर, रिनोले आफ्नो फैसला बदलिनन् । अहिले उनी आफ्ना पिताले चलाउँदै आएको भोल्भो कम्पनीको १२ पाङग्रावाला ट्रक चलाउँछिन् । रिोले ट्रकमा फलफूल र तरकारी ढुवानी गर्छिन् ।

रिनोका निकै ग्ल्यामरस फोटोका कारण मानिसहरु उनलाई संसारकै सुन्दर ट्रक ड्राइभर भन्छन् । आफ्नो तारिफ गरिएकोबारे रिनो भन्छिन् ‘यसबाट मैले धेरै खुसी पाउँछु । तर, मानिसहरुलाई थाहा छैन कि म निकै कठोर पनि छु ।’

रिनोका अनुसार अहिलेसम्म पुरुषहरुको लागि मात्र भन्ने सोचाइ भएको काम गर्न थाल्दा उनलाई निकै रमाइलो लागिरहेको छ । उनका पितालाई पनि उनीमाथि गर्व भएको उनी बताउँछिन् । ट्रकमा आउने सानातिना प्राविधिक समस्या रिनो आफैं ठिक गर्छिन् ।

रिनोलाई लाग्छ उनको यो कामले जापानमा अरु महिलाहरुलाई पनि ढुवानी उद्योगमा काम थाल्न प्रेरित गर्नेछ । आफ्नो अगाडिको योजनाको बारेमा बताउँदै रिनोले भनिन् कि उनी भविष्यमा महिला ट्रक ड्राइभरको लागि एक कपडाको ब्राण्ड लञ्च गर्न चाहन्छिन् ।

उनीजस्ता उचाइ कम भएका युवतीको लागि ड्राइभिङको क्रममा लगाउने कपडा सजिलै नपाइने भएकोले उनले नयाँ ब्राण्ड ल्याउन लागेको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्