आज साताको पहिलो दिन (आइबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो साता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिनमै घिरावट आएको हो।
यो साता सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।