बञ्चरो प्रहार गरि श्रीमतीको हत्यापछि, श्रीमानले गरे आत्महत्या



टीकापुर। कैलालीमा श्रीमानले बञ्चरो प्रहार गरि श्रीमतीको विभत्स हत्या गरेका छन्। कैलालीको जानकी गाउँपालिका-७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीलाई टाउकोमा दुई पटक बञ्चरो प्रहार गरी हत्या गरेपछि आफुले पनि झुन्डिएर आत्महत्या गरेका हुन्।

प्रहरीक अनुसार आइतबार विहान प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए। उनीहरुको दुई छोरा छन्। एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ। भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्