पेट्रोलको भाउ ३ सय ७६ रुपैयाँ!



जिम्बावेमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनले उग्ररुप लिएको छ। सरकारले इन्धनको कमी हटाउनका लागि र अवैध कारोबारमा रोक लगाउनका लागि मूल्यवृद्धि गरेपछि आम नागरिक सडकमा उत्रिएका छन्।

जिम्बावेमा पेट्रोल प्रतिलिटर १ दशमलब २४ डलर अर्थात १ सय ४० रुपैयाँबाट बढाएर ३ दशमलब ३१ डलर अर्थात ३ सय ७६ रुपैयाँ बनाएपछि आम नागरिकले दशैभर आन्दोलन गरेका हुन्।

डिजलको मूल्य जिम्बावेमा प्रतिलिटर ३ सय ५३ रुपैयाँ पुगेको  छ। राष्ट्रपति एमर्सन मनंगाग्वा इन्धनको भाउ बढाएर यूरोप तर्फ लागेका बीबीसीले जनाएको छ।

उनी वल्र्ड इकोनोमिक फोरममा भाग लिन स्वीट्जरल्याण्ड तर्फ प्रस्थान गरेका छन्। जिम्बावेमा इन्धनको भाउ सरकारले तय गर्छ।  नेपालमा जस्तै जिम्बावेले पनि सबै पेट्रोलियम पदार्थको आयात गर्छ।

छिमेकी मुलुकमाभन्दा भाउ सस्तो भएकाले इन्धन तस्करी रोक्न आफूले त्यस्तो कदम चाल्नु परेको राष्ट्रपति मनंगाग्वाले बताएका छन्।
एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्