हाम्रो जीवनलाई हामीले कस्तो बनाउँने भन्ने कुरा हाम्रो रहनसहनमा भर पर्दछ । हामीले के खान्छौं कत्ति काम गर्छौ र कत्ति घण्टा सुत्छौं रु जस्ता धेरैं कुराहरुले हामीलाई एक आपसमा बाँधेर राखेको हुन्छ ।
कत्तिपय मानिसहरु रातभरीको समयमा काम गर्ने र दिनमा सुत्ने गर्दछन । यो आफैंमा राम्रो होईन । एक अध्यनले भनेको राति अबेरसम्म बस्ने मानिसहरु सामान्य मानिसको भन्दा धेरैं भुलक्कड स्वभावका हुन्छन ।
राति सामान्यतया नेपाली समयनुसार दश बजेसम्म सुतिसकेको हुनुपर्दछ र बिहान झण्डैं पाँच बजेसम्म उठीसकेको हुनुपर्दछ । यो एक वयस्क व्यक्तिका लागि लाभदायक हुने सुताई हो ।
तर केही स्वास्थ्य विशेषज्ञहरु यो पनि भन्छन, “शरीरलाई चंगा बनाउन दिनहुँ आठ घन्टा सुत्नु आवश्यक छ । ” अर्कातिर, आवश्यकता भन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुँदैन । धेरैं समय सुत्नेहरु रोगि र कमजोर हुने देखिएको छ । अर्कोतिर लामोसमयसम्म सुत्नेहरुको प्रजनन क्षमता पनि कमजोर हुने देखिएको छ । धेरैं सुत्नेहरुमा मुटुको पनि रोग हुन्छ ।
यसले गर्दा ज्यान जाने खतरासमेत हुन सक्छ । अध्ययनअनुसार राती सात आठ घन्टाभन्दा वढी सुत्नेलाई मुटु र रक्तनली सम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको खबर पनि हुनसक्छ ।
अर्कोतिर राति कम सुत्नेहरु पनि मानसिक रुपमा कमजोर हुने देखिएको छ । अर्को अध्यनले के पनि भनेको छ भने राति अबेरसम्म नसुत्ने पुरुषहरुमा शुक्रकिटमा समस्या देखिन्छ तर राती ६ घन्टाभन्दा कम र दिउँसो एक दुई घण्टा सुत्ने मानिसहरुमा भने यस्तो समस्या हुँदैन । सुत्ने समय बच्चाको धेरैं वयस्कको ठिक्क र वृद्धको कम हुन्छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।