कृष्ण ओलीको परिचय त कसैलाई दिनु पर्दैन । उनी देश विदेशमा परिचित छन् । तर कृष्णको जस्तै अवस्था भएका खोटाङका हरिकाजी ढुंगानाको बारेमा कोही पनि जानकार छैनन् ।
२०७० सालमा खोटाङको अर्खाैलेटार भन्ने ठाउँमा विद्युत प्राधिकरणको काम गर्दा करेण्ट लागेर उनका दुबै हात र एक खुट्टो गुम्न पुगेको छ । उसलाई हिड्डुल गर्न पनि अरुकै साहारा चाहिन्छ । उनका जेठा भिनाजु झमप्रसाद आचार्यका अनुसार उनको घर परिवारमा ढुंगाना एक्लो छोरा हुन् । उनका बुवा आमाको उमेर ८५ वर्ष पुगिसकेको छ ।
नेर्पा–८ रामपुर घर भएका ढुंगाना गाऊँकै बलिया युवा थिए । नेपाल विद्युत प्राधिकरणका कर्मचारी ढुंगानालई, कार्यालयले खाटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुबै हात, एउटा दाहिने खुट्टा गुमाउन पुगे । सम्पत्तिको नाममा केही पाखो बारी मात्र छ । घरमा श्रीमती एक बहिनी र दुई छोरा–छोरी छन् । ढुंगानाको यो अवस्था भएपछि आफ्नो साहाराको स्तम्भलाई उल्टै साहारा दिन बाध्य छ ।
ज्यालादारी कर्मचारीको रुपमा नियुक्त भएका कारण उनलाई यस्तो अवस्थामा समेत पाईरहेको तलब प्राधिकरणले दिन सकेन । यसले झनै उनको जीवन अन्धकारमय बनेको छ ।
भिनाजु झम प्रसाद आचार्यले भने–‘२०७० साल चैत १६ गते उसको यस्तो अवस्था भयो । हामीले उसको उपचारको लागि बी एण्ड बी हस्पिटल ग्वार्काेमा लग्यौ । उपचारमा ३६ लाख भन्दा बढी खर्च भयो । हस्पिटलमा लागेको केही रकम विद्युत प्राधिकरणले व्यहोरो तर सबै व्यहोरेन हामीले ऋणपान गरेर तिरेका छौं । उसले ऋण तिर्ने अवस्था पनि छैन । जग्गा जमिन पनि प्रसस्त छैन ।’
चरम गरिबीको कारणले उसले ऋण तिर्न सक्ने अवस्था पनि छैन् । उसलाई दिशा पिसाब गराउनको लागि अर्काे मान्छेको साहारा चाहिन्छ । उनकी श्रीमती सीताका अनुसार उपचारका क्रममा रकम धेरै खर्च भएको र यति धेरै खर्च परिवारले व्यहोर्न सक्दैन ।
उनका लागि कृतिम हात खुट्टाको त कुरै छोडौं, उपचारका लागि लागेको रकम समेत तिर्न सक्ने उनको स्थिति छैन । उनी मृत्युको मुखबाट त बाँचे तर उनलाई बाच्नु र मर्नुमा केही फरक भएन । उनलाई सहयोग कसैले गरेका छैनन् ।
मिडियाले पनि फलो गरेका छैनन् । यदी उनलाई सहयोग गर्न चाहानु हुन्छ भने उनको राष्ट्रिय बाणिज्य बैक ललितपुर शाखाको खाता नम्वर ११२००२१९७३१० रहेको छ । उनको बारेमा बुझ्न सम्पर्क फोन नम्बरहरु ९८४२९७४९५२ र भिनाजु झम प्रसाद आचार्यको सम्पर्क नम्बर ९८४२८५५३८८ रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।