प्रादेशिक अस्पतालममै बिशेषज्ञ डाक्टरको अभाव



शरद रेग्मी
दाङ ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाब देखिएको छ । १६ जना बिशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले ६ जना मात्रै बिषेज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए ।
उनका अनुसार आफु सहित डा. जनार्दन पन्थी, डा.बिनोद सिंह, डा. मिनचन्द्र अधिकारी, डा.पदमराज अधिकारी, डा.प्रसंसा सिंह मात्रै रहेको उनको भनाई थियो । यी बाहेक १० वटा बिशेषज्ञको दरबन्दी हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको बताए ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले आईतबार उक्त अस्पतालको अनुगमण गर्ने क्रममा अस्पतालका समस्या सुनाउदै उनले यस्तो जानकारी दिए ।अस्पतालमा भौतिक पूर्बाधारको अबस्था पनि कम्जोर रहेको बताए । दरबन्दी अनुसार चिकित्सक नहुँदा पनि अहिले अस्पतालमा सेवा प्रबाहमा केही समस्या रहेपनि सकेसम्म प्रभाबकारी सेवा प्रदान गरिरहेको समेत उनको भनाई थियो ।अहिले हाल २४ जना नर्सले कामगर्दै आएको अस्पतालले जनाएको छ ।उनका अनुसार अहिले दैनिक दुईसय देखि तीनसय बिरामी आउने गरेको समेत उनले बताए ।

अब अस्पताललाई ब्यबस्थित तरिकाले अगाडि बढाउने योजना रहेको समेत उनको भनाई थियो ।त्यसअवसरमा राष्ट्रिय सभा सदस्य कोमल वलीले दाङसहित, सल्यान,रोल्पा, रुकुम,बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताब राख्ने र राष्ट्रिय सभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाईन् । साथै जनशक्तिसंगै पूर्बाधार निर्माणमा पनि पहल थाल्ने उनको भनाई थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्