मुख्य समाचार

दाङ उद्योग वाणिज्य संघको १३ औ साधारण सभाको उद्घाटन

By थाहा अनलाइन

August 12, 2017

सैघाली खबर दाङ, २८ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको १३ औ साधारण सभा एवं अधिवेशनको घोराहीमा उद्धघाटन गरिएको छ । अधिवेशनको नेपाल उद्योग वााणिज्य महासंघका पुर्व अध्यक्ष चन्डीराज ढकालले उद््घाटन गर्नु भएकको थियो । त्यस अबसरमा बोल्ने व्यावसायीहरुले दाङ व्यावसायी सुरक्षाको अभाव भएको वताउँदै त्यसका लागि प्रसाशनले व्यावसायीहरुको सरक्षामा ध्यान दिन आग्रह गरेकाथिए। भंसारमा हुने अन्तर विलङिका कारण व्यावसायीहरु समस्यामा परेको भन्दै तत्काल भन्सार नितीको सुधारगर्न आबश्यकता रहेको वताएका थिए ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले व्यावसायीहरुको सरक्षामा स्थानिय प्रशासन गम्भिर बनेको वताउनुभयो । पछिल्ला घटना क्रमले गर्दा जिल्लामा केही समस्या देखिएको भन्दै त्यस्ता समस्या प्रशासनले हल गर्ने जिम्मा लिएको भन्दै व्यावसायहरुलाई ढुक्क भएर आफ्नो व्यावसाय संचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, त्रिभुव नगर जेसिजका अध्यक्ष दीपक शर्मा समिर, नगर विकास समितिका घोराही अध्यक्ष बशन्त चौधरी, दाङ देउखरी होटल व्यावसायी ंसमितिका अध्यक्ष रुद« बहादुर डागी, तुलसी राणा लगाएत बोल्नु भएको थियो ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव दीपक सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा महासचिव दीपक सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मञ्जु बज््रााचार्यले आर्थिक प्रतिदेन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको अध्यक्षको सम्पन्न भएको थियो ।