गूगल म्याप्समा श्रीमती अर्कै पुरुषसँग देखेपछि श्रीमानले गरे ….



पेरुको राजधानी लिमाका एक व्यक्तिले गूगल म्याप्स्मा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि डिभोर्स गरेका छन् । ल्याटिन अमेरिकी मिडिया ला क्रोनिकाले जनाएअनुसार ती व्यक्तिले फेसबुकमार्फत श्रीमतीको अर्कै पुरुषसँग अफेयर भएको थाहा पाएका हुन् । गूगल म्यापले लिएको फोटो उनले फेसबुकमा भेटेका हुन् ।

उनले भेटेको फोटो सन् २०१३ को अक्टोबरमा पुएन्टे दे लोस सुस्पिरोसमा लिइएको हो । जसमा एक जना पुरुष एक जना महिलाका काखमा आराम गरिरहेको देखिन्छ ।

आफ्नी श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि ती व्यक्ति अचम्मित भएका हुन् । उनले कपडाका आधारमा फोटोमा देखिएकी महिला आफ्नै श्रीमती हुन् भनेर थाहा पाएका हुन् ।

फोटो देखिसकेपछि उनी श्रीमतीसँग विवाद गर्न थाले । श्रीमतीले अर्का पुरुषसँगको अफेयर पनि स्वीकारिन् । त्यही निहुँमा उनीहरुबीच डिभोर्स भयो ।

गूगल म्याप्स्मा आएको तस्बिरले चर्चा पाएको यो पहिलो पटक भने होइन । यसअघि पनि गूगल म्याप्सले केही जोडीका आपत्तिजनक अवस्थाका तस्बिर खिचेको थियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्